Nepal Life

रिलायन्स स्पिनिङ मिल्सले तिर्‍यो डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल, लाइन पुनः जडान

NMB Bank
  • BFIS News
  • 2025 Nov 06 14:46
रिलायन्स स्पिनिङ मिल्सले तिर्‍यो डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल, लाइन पुनः जडान
United Ajod

काठमाडौं। सुनसरीस्थित रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको प्रिमियम विद्युत् महसुल तिरेको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल विद्युत् प्राधिकरणका अनुसार कम्पनीले बिहीबार पहिलो किस्ता बुझाएपछि उद्योगको विच्छेद गरिएको विद्युत् लाइन पुनः जडान गरिएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले रिलायन्स मिल्सले बक्यौता रकमको पहिलो किस्ता बुझाएपछि विद्युत् आपूर्ति सुचारु गरिएको जानकारी दिए।

रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको बक्यौता रकम बुझाउन बाँकी राखेको थियो। कम्पनीको कुल ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता रहेकोमा सो रकमलाई २८ किस्तामा विभाजन गरिएको छ। पहिलो किस्ताका रूपमा रिलायन्सले २ करोड ७७ लाख रुपैयाँ तिरेको प्राधिकरणले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया