Nepal Life

एनआईसी एशिया बैंकका सीईओ सुजित शाक्यले कार्यभार सम्हाले

NMB Bank
  • BFIS News
  • 2025 Nov 06 14:53
एनआईसी एशिया बैंकका सीईओ सुजित शाक्यले कार्यभार सम्हाले
United Ajod

काठमाडौं।  एनआईसी एशिया बैंकका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित शाक्यले बिहीबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।

Shikhar
Nepal Life
NIMB

बैंकको सञ्चालक समितिले कात्तिक १७ गते बसेको बैठकमार्फत उनलाई सीईओमा नियुक्त गरेको थियो।

गत सोमबार नियुक्त भएका शाक्यले तीन दिनपछि बिहीबार कार्यभार सम्हालेका हुन्। उनी चार वर्षको कार्यकालका लागि सीईओ पदमा नियुक्त भएका हुन्।

शाक्य यसअघि नबिल बैंकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) का रूपमा कार्यरत थिए। भारतको लखनउस्थित इन्स्टिच्युट अफ प्रोडक्टिभिटी म्यानेजमेन्टबाट पोस्ट ग्राजुएट डिप्लोमा इन बिजनेस म्यानेजमेन्ट गरेका शाक्यले सन् १९९६ मा नेपाल श्रीलङ्का मर्चेन्ट बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका हुन्।

तीन दशकको बैंकिङ अनुभव रहेका शाक्यले हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, साबिक बैंक अफ एशिया नेपाल, एनआईसी एशिया बैंक, सिभिल बैंक, जनता बैंक र ग्लोबल आइएमई बैंकमा कार्यानुभव हासिल गरेका छन्। २०२० अगस्टदेखि हालसम्म उनी नबिल बैंकमा डीसीईओका रूपमा कार्यरत थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया