Nepal Life

इलाममा ‘जेनजी आन्दोलन’का तीन घाइते अझै सम्पर्कविहीन

NMB Bank
  • BFIS News
  • 2025 Nov 06 20:26
इलाममा ‘जेनजी आन्दोलन’का तीन घाइते अझै सम्पर्कविहीन
United Ajod

इलाम, कात्तिक २० गते ।गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा घाइते भएका इलामका तीन व्यक्ति हालसम्म सम्पर्कमा आएका छैनन्।

Shikhar
Nepal Life
NIMB

सम्पर्कविहीन हुनेमा इलामकी २४ वर्षीया पुनम लिम्बू, फिक्कलका २१ वर्षीय जीवन मगर र १८ वर्षीय आमोस राई रहेका छन्। जिल्ला प्रशासन कार्यालय इलामका अनुसार उनीहरूको अवस्था र ठेगाना सम्बन्धी कुनै जानकारी प्राप्त भएको छैन।

इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार,“यी व्यक्तिहरु अहिले कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ — हामीलाई जानकारी आएको छैन। प्रशासनमा जेनजी आन्दोलनका घाइतेहरुको परिचयपत्र र उपचार खर्चका कागजात आएका छन्, तर यी तीन जनाको खोजी गर्न सकिएको छैन। अन्य जिल्लामा बसोबास गर्नुभएकाले भए पनि सम्पर्क गर्न आग्रह गरेका छौं।”

जेनजी आन्दोलनका क्रममा इलाममा एक प्रहरी मात्र घाइते भएका थिए। आन्दोलनका क्रममा इलाम नगरपालिका, माई नगरपालिकाका कार्यालय, करदाता सेवा कार्यालय, जिल्ला निर्वाचन कार्यालय र विभिन्न राजनीतिक दलका कार्यालयमा आगजनी तथा तोडफोड भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया