Nepal Life

लक्ष्मी सनराइज बैंकको वितरणयोग्य मुनाफा साढे २ अर्बभन्दा बढी

NMB Bank
  • BFIS News
  • 2025 Nov 07 09:31
लक्ष्मी सनराइज बैंकको वितरणयोग्य मुनाफा साढे २ अर्बभन्दा बढी
United Ajod

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

प्रकाशित विवरण अनुसार, बैंकले सो अवधिसम्ममा २ अर्ब ६२ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ।

बैंकको सो अवधिसम्मको वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ७८ पैसा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु वर्षको पहिलो त्रैमासमा ३३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन ३८.०४ प्रतिशतले घटेको हो।

खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भए पनि ‘इम्पेरमेन्ट चार्ज’ बढेकाले बैंकको नाफा घटेको हो। समीक्षाअवधिमा खुद ब्याज आम्दानी १.५९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २६.५९ प्रतिशतले बढेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १४.८० प्रतिशतले वृद्धि भए पनि सञ्चालन मुनाफा ४२.११ प्रतिशतले घटेको छ।

बैंकको इम्पेरमेन्ट चार्ज गत वर्षको १ अर्ब १६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ पुगेको छ, जसका कारण सञ्चालन मुनाफा र खुद नाफा दुवै घटेका हुन्।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षाअवधिमा यस्तो आम्दानी ३ रुपैयाँ ७९ पैसा घटेर ५ रुपैयाँ ४६ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ८९ पैसा र मूल्य–आम्दानी अनुपात (P/E Ratio) ३९.७४ गुणा रहेको छ।

२४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा ३ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया