Nepal Life

माछापुच्छ्रे बैंकको नाफा घट्यो, ईपीएस पनि कम

NMB Bank
  • BFIS News
  • 2025 Nov 07 10:00
माछापुच्छ्रे बैंकको नाफा घट्यो, ईपीएस पनि कम
United Ajod

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

प्रकाशित विवरण अनुसार, बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी (ईपीएस) दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेका छन्।

बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ५० करोड ३२ लाख रुपैयाँभन्दा १६.९५ प्रतिशतले कम हो।

खुद ब्याज आम्दानी घट्नु र ‘इम्पेरमेन्ट चार्ज’ बढ्नु मुख्य कारणले बैंकको नाफा घटेको हो। समीक्षाअवधिमा बैंकको खुद ब्याज आम्दानी १.६० प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २३.७० प्रतिशतले बढेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी ६.२७ प्रतिशतले बढेपनि सञ्चालन मुनाफा ४०.१५ प्रतिशतले घटेको छ।

बैंकको इम्पेरमेन्ट चार्ज बढेर ४६ करोड ८ लाख रुपैयाँ पुगेपछि सञ्चालन मुनाफा र खुद नाफा दुवै घटेका हुन्। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको विवरणमा उल्लेख छ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षाअवधिमा ईपीएस २ रुपैयाँ ८३ पैसा घटेर १३ रुपैयाँ ८३ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ६० पैसा र मूल्य–आम्दानी अनुपात (P/E Ratio) १५.१४ गुणा रहेको छ।

१२ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा बैंकले १ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया