Nepal Life

खुद ब्याज आम्दानी घटेसँगै निफ्राको नाफा घट्यो

NMB Bank
  • BFIS News
  • 2025 Nov 07 10:03
खुद ब्याज आम्दानी घटेसँगै निफ्राको नाफा घट्यो
United Ajod

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

प्रकाशित विवरण अनुसार, बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा २० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.५७ प्रतिशतले घटेको हो। गत वर्षको सोही अवधिमा बैंकले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुवै घटेकाले बैंकको नाफा कम भएको हो। समीक्षाअवधिमा बैंकको खुद ब्याज आम्दानी ३३.६९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६.५६ प्रतिशतले घटेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी ३३.०४ प्रतिशत र सञ्चालन मुनाफा ४०.४९ प्रतिशतले घटेको विवरणमा उल्लेख छ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। समीक्षाअवधिमा बैंकको ईपीएस २ रुपैयाँ ६४ पैसा घटेर ३ रुपैयाँ ८६ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ९७ पैसा र मूल्य–आम्दानी अनुपात (P/E Ratio) ६८.४६ गुणा रहेको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा बैंकले ७ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १८ करोड ४३ लाख रुपैयाँ कर्जा परिचालन गरेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया