NIMB Header 2
Nepal Life

नेशनल लाईफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न, पूर्वबैंकर अनिल केशरी शाहले दिए हौसला

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 09 16:00
नेशनल लाईफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न, पूर्वबैंकर अनिल केशरी शाहले दिए हौसला
National Life

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई उद्देशित गरी “इलाईट लिडर्स कन्क्लेभ” भन्ने नाराका साथ ३ दिने “चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम” ललितपुरस्थित होटल रोयल टुलिपमा सम्पन्न गरेको छ।

NIMB

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको लक्ष्य सफलतापूर्वक पूरा गर्न सफल ५२६ जना अभिकर्ताहरुलाई कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको प्रमुख आतिथ्यतामा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा चर्चित मोटिभेटर प्रशिक्षक तथा पूर्वबैंकर अनिल केशरी शाहले सहभागी अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै व्यवसायिक दक्षता अभिवृद्धि गर्ने विषयमा प्रशिक्षण दिएका थिए। प्रशिक्षणको क्रममा शाहले जुनसुकै क्षेत्रमा नेतृत्व लिने क्षमता विकास गर्न सकेमा पेशागत सफलताको ढोका स्वतः खुल्ने बताउँदै अभिकर्ताहरुलाई आफ्नो व्यवसायप्रति दृढ समर्पित रहन प्रेरित गरे।

त्यस्तै, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद सोडारीले अभिकर्ताहरुलाई सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानीका सम्भावित असरबारे जानकारी दिँदै त्यसको रोकथामका उपायहरूबारे प्रशिक्षण प्रदान गरे।

कार्यक्रमको अध्यक्षता गर्दै कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले अथक परिश्रम र मेहनतका साथ तोकिएको लक्ष्य हासिल गरी चेयरपर्सन क्लबको सदस्यता प्राप्त गर्ने सबै अभिकर्ताहरुलाई बधाई ज्ञापन गर्दै, उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरुलाई सम्मान प्रदान गरिन्। उनले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन अभिकर्ता समूहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै, अभिकर्ताको व्यवसायिक विकासलाई कम्पनीले सधैं प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीका सबै संरचना उत्कृष्ट रहेको बताउँदै, बोनस दर आकर्षक रहेको र अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन थप लगानी गर्ने योजना रहेको जानकारी दिए। उनले कम्पनी अभिकर्ता व्यवसायिकता अभिवृद्धिका लागि निरन्तर प्रयासरत रहेको बताए।

कार्यक्रममा चेयरपर्सन क्लबमा छनोट भएका सबै अभिकर्ताहरुलाई सदस्यता वितरणका साथै विभिन्न विधामा उत्कृष्ट घोषित अभिकर्ताहरुलाई सम्मान प्रदान गरिएको थियो। यस क्रममा नेपालभरबाट आफ्नै कोड र सञ्जालमार्फत उत्कृष्ट व्यवसाय गर्ने सात जना अभिकर्ताहरुलाई विशेष सम्मानका साथ सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो।

विविध मनोरञ्जनात्मक प्रस्तुतीसहित सम्पन्न कार्यक्रममा सम्मानित बिजनेस लिडरहरूले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूहरूको मेहनतको कदर भएको महसुस गर्दै अत्यन्तै गर्व लागेको प्रतिक्रिया जनाएका थिए।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया