विश्वका प्रभावशाली नेताको सूचीमा बालेन्द्र शाह १४औँ स्थानमा
- BFIS News
- 2026 Apr 16 13:31
काठमाडौं । बेलायती म्यागेजिन टाइम्सले सन् २०२६ का लागि सार्वजनिक गरेको ‘द मस्ट इन्फ्लुएन्सियल पिपुल’ सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका १४औँ सबैभन्दा प्रभावशाली राजनीतिक नेताका रूपमा परेका छन्। उक्त सूचीमा चीन, जापान, इजरायल तथा बंगलादेशका शीर्ष नेताहरू समेत समावेश छन्।
टाइमले सार्वजनिक गरेको यस सूचीपछि नेपालमा राजनीतिक वृत्त, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा बालेनको समर्थनमा व्यापक चर्चा र विश्लेषण सुरु भएको छ। विभिन्न नेपाली मिडियाले शाहको उदयलाई नयाँ पुस्ताको राजनीतिक परिवर्तनको प्रतीकका रूपमा व्याख्या गरेका छन् भने कतिपय भारतीय सञ्चारमाध्यमले क्षेत्रीय राजनीतिक घटनाक्रमसँग जोडेर उनको भूमिकालाई प्रस्तुत गरेका छन्।
तर चीनमा भने राष्ट्रपति Xi Jinping पनि सोही सूचीमा परे पनि त्यहाँका मुख्यधारका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यसबारे खासै चर्चा भएको देखिँदैन। विश्लेषकहरूका अनुसार चीनमा विदेशी, विशेषतः पश्चिमा मिडियाबाट दिइने यस्ता उपाधिलाई कम महत्व दिने प्रवृत्ति रहेको छ।
सामान्यतः विश्व राजनीतिमा कुनै पनि नेता विचार, सिद्धान्त र शक्ति सन्तुलनका आधारमा प्रभावशाली मानिन्छ। तर पछिल्लो समय सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै ‘इन्फ्लुएन्स’ र ‘इन्फ्लुएन्सर’ जस्ता अवधारणाले राजनीतिक नेतृत्वलाई पनि फरक ढंगले परिभाषित गर्न थालेको छ। यस कारण कतिपय मुलुकका नेताहरूले यस्ता विशेषणप्रति असहजता महसुस गर्ने गरेको देखिन्छ।
नेपालमा भने कुनै नेपाली अन्तर्राष्ट्रिय सूचीमा पर्दा त्यसलाई राष्ट्रिय गौरवका रूपमा लिने परम्परा रहिआएको छ। सामाजिक सञ्जालको विस्तारले यस्तो प्रवृत्तिलाई अझ तीव्र बनाएको छ। भारतीय मिडियाले पनि आफ्नो क्षेत्रीय स्वार्थ र राजनीतिक दृष्टिकोणअनुसार यस्ता घटनाहरूको व्याख्या गर्ने गरेको पाइन्छ।
विशेषज्ञहरूका अनुसार विश्व शक्ति सन्तुलनको आधार अझै पनि सेना, अर्थतन्त्र र कूटनीति नै हुन्। यद्यपि, ती साधनहरूको प्रयोग र प्रभाव विस्तार गर्ने माध्यममा प्रविधिको भूमिका बढ्दो छ।
चीनको सन्दर्भमा भने फरक अवस्था देखिन्छ। त्यहाँको बलियो आन्तरिक प्रचार प्रणालीका कारण विदेशी मिडियाको मूल्याङ्कनलाई कम प्राथमिकता दिने गरिन्छ। साथै, ‘इन्फ्लुएन्सर’ जस्ता शब्दहरूले राजनीतिक गाम्भीर्यतालाई कमजोर बनाउने धारणा पनि व्यापक छ।
यसैबीच, ३५ वर्षीय बालेन्द्र शाहको राजनीतिक यात्रा आफैंमा असाधारण मानिन्छ। पूर्व हिप–हप कलाकारका रूपमा परिचित बालेनले आफ्नो गीतमार्फत भ्रष्टाचार र राजनीतिक विकृतिविरुद्ध कडा आवाज उठाउँदै आएका थिए। उनले एकपटक सामाजिक सञ्जालमा लेखेका थिए, “सबै राजनीतिज्ञ, नयाँ वा पुराना, चोर हुन्।” अब भने नेपाली जनताले उनी आफैंले उक्त भनाइलाई गलत सावित गर्ने अपेक्षा गरेका छन्।
काठमाडौं महानगरपालिकाका मेयरका रूपमा उनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याएका थिए। त्यसपछि युवा पुस्ताको समर्थनमा उनी देशकै सबैभन्दा कान्छा प्रधानमन्त्री बनेका हुन्। उनको उदयलाई दक्षिण एशियाको परम्परागत वंशवादी राजनीतिप्रतिको अस्वीकारका रूपमा समेत हेरिएको छ।
अब मुख्य प्रश्न भनेको स्थानीय तहमा हासिल गरेको सफलतालाई राष्ट्रिय स्तरमा दोहोर्याउन बालेन सक्षम हुन्छन् कि हुँदैनन् भन्ने हो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)





प्रतिक्रिया