Nepal Life

प्रभु महालक्ष्मी लाइफको बागमती प्रोभियन्स क्लब एचिभर्स अवार्ड सेरेमोनी भव्य रूपमा सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Nov 09 16:08
प्रभु महालक्ष्मी लाइफको बागमती प्रोभियन्स क्लब एचिभर्स अवार्ड सेरेमोनी भव्य रूपमा सम्पन्न
National Life

काठमाडौँ, कार्तिक २२ — प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा आयोजना गरिएको बागमती प्रोभियन्स क्लब एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२ भव्य रूपमा सम्पन्न भएको छ। बागमती प्रदेशका उत्कृष्ट व्यवसायिक उपलब्धि हासिल गरेका अभिकर्ता तथा उच्च व्यवस्थापकहरूको उपस्थितिमा कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न गरिएको हो।

Shikhar
NIMB

शनिबार काठमाडौँमा सम्पन्न उक्त समारोहमा प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गरी प्रोभियन्स क्लब सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सम्मानित अभिकर्ताहरूप्रति बधाई ज्ञापन गर्दै उक्त उपलब्धि सफलताको एउटा सिँढी मात्रै भएको उल्लेख गरे। उनले अझ ठूलो लक्ष्य हासिल गर्न निरन्तर मेहनत र प्रतिबद्धता आवश्यक रहेको बताउँदै सहभागीहरूलाई हौसला र मार्गनिर्देशन प्रदान गरे।

कार्यक्रमलाई अझ फलदायी बनाउन बीमा क्षेत्रका प्रशिक्षक योगेन्द्र प्रसाद खतिवडा र रोजेश बस्नेतले बीमा बिक्रीकला सम्बन्धी विशेष प्रशिक्षण सत्र सञ्चालन गरेका थिए।

सफल अभिकर्ता, व्यवस्थापक, तथा कम्पनीका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रम उत्सवमय वातावरणमा सम्पन्न भएको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया