Nepal Life

नेपाल लाइफले पहिलो त्रैमासमा २१ करोड ५५ लाख रुपैयाँ नाफा कमायो, हरेक सूचकमा अब्बल

NMB Bank
  • BFIS News
  • 2025 Nov 16 10:59
नेपाल लाइफले पहिलो त्रैमासमा २१ करोड ५५ लाख रुपैयाँ नाफा कमायो, हरेक सूचकमा अब्बल
National Life

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो वर्षको सोही अवधिमा दर्ज भएको २० करोड ५४ लाख रुपैयाँभन्दा ४.९४ प्रतिशतले बढी हो।

Shikhar
NIMB

यस अवधीमा कम्पनीको बीमाकोषको आकार पनि उल्लेखनीय रुपमा बढेको छ। गत वर्ष पहिलो त्रैमासमा २ खर्ब ८ अर्ब ४४ करोड १६ लाख रुपैयाँ रहेको बीमाकोष १७.७८ प्रतिशतले बढेर २ खर्ब ४५ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

खुद बीमाशुल्क आर्जनतर्फ कम्पनीले सकारात्मक उपलब्धि हासिल गरेको छ। पहिलो त्रैमासमा ११ अर्ब ८१ करोड १९ लाख रुपैयाँ बीमाशुल्क उठाएको कम्पनीले चालू वर्ष सोही रकम १३.१८ प्रतिशतले वृद्धि गर्दै १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ पुर्‍याएको छ। कुल आम्दानी १७ अर्ब ९७ करोड ७० लाख रुपैयाँबाट बढेर १८ अर्ब ३६ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च पनि १६ अर्ब ५७ करोड ४ लाख रुपैयाँबाट बढेर १७ अर्ब २८ करोड ३७ लाख रुपैयाँमा पुगेको छ।

अभिकर्ता कमिशनतर्फ कम्पनीले यस वर्ष खर्च बढाएको छ। गत वर्ष ८७ करोड १२ लाख रुपैयाँ कमिशन वितरण गरेकोमा यो वर्ष १०.२४ प्रतिशतले वृद्धि गर्दै ९६ करोड ४ लाख रुपैयाँ वितरण गरिएको विवरणमा उल्लेख छ। यद्यपि कम्पनीको प्रतिशेयर आम्दानी (EPS) भने १० रुपैयाँ १ पैसाबाट घटेर ९ रुपैयाँ ५५ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ १४ पैसा रहेकाे छ।

कम्पनीको चुक्ता पूँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ रहेको छ। महाविपत्ति कोषमा १ अर्ब ३४ करोड १८ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३९ करोड ९४ लाख रुपैयाँ सञ्चिति रहेको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया