शिखर इन्स्योरेन्सको २१औँ वार्षिकोत्सवमा मधेश प्रदेशमा पाँच स्थानमा रक्तदान कार्यक्रम सम्पन्न
- BFIS News
- 2025 Nov 16 22:17
काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रूपमा सञ्चालन गरिएको रक्तदान अभियान अन्तर्गत मधेश प्रदेशमा पाँच स्थानमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम २०८२ साल कात्तिक २९ र ३० गते मधेश प्रदेशका विभिन्न शाखाहरूको समन्वयमा एकै समय सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
रक्तदान अभियानमा ललबन्दी शाखा, गरुडा–रौतहट शाखा, सिमरा शाखा, लाहान शाखा तथा गाईघाट शाखाले सक्रिय रूपमा कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा शिखर इन्स्योरेन्सका कर्मचारीसँगै सर्वसाधारण नागरिक, प्रहरी समुदाय र ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ।
दुई दिनसम्म चलेको रक्तदान कार्यक्रमबाट कुल १६७ पिन्ट रक्त संकलन गरिएको छ। शाखागत रक्त संकलन विवरण यसप्रकार छः
ललबन्दी शाखा : ३१ पिन्ट
गरुडा, रौतहट शाखा : १८ पिन्ट
सिमरा शाखा : ३२ पिन्ट
लाहान शाखा : ३५ पिन्ट
गाईघाट शाखा : ५१ पिन्ट
मधेश प्रदेश प्रमुख सुरेश चन्द्र गुप्ताका अनुसार, रक्तदान कार्यक्रमले कम्पनीको सामाजिक उत्तरदायित्व (CSR) प्रति प्रतिबद्धता झल्काएको छ। उनका अनुसार, कर्मचारी र स्थानीय समुदायको उत्साहजनक सहभागिताले अभियान अत्यन्त सफल बनेको छ। उनले आगामी दिनमा पनि शिखर इन्स्योरेन्सले यस्ता सामाजिक तथा मानवसेवा–केन्द्रित कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया