राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष अर्याललाई प्राधिकरणमा पद तथा गोपनीयताको शपथ
- BFIS News
- 2025 Nov 21 14:46
काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष रमेश अर्याललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
कम्पनीको सञ्चालक समितिको २०८२ साल मंसीर ५ गते बसेको बैठकले कम्पनीका सञ्चालक तथा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहेका अर्याललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज उनलाई शपथ गराइएको हो।
शपथ ग्रहण समारोहमा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी सहित अन्य पदाधिकारीहरूको उपस्थिती रहेको प्राधिकरणले जनाएको छ।
नवनियुक्त अध्यक्ष अर्यालले कम्पनीको सुशासन, सेवा विस्तार तथा बीमा क्षेत्रको विश्वसनीयता अभिवृद्धिमा आफू प्रतिबद्ध रहने बताएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया