Nepal Life

नेपाल लाइफ नेपालगन्जद्वारा अभिकर्ता दक्षता अभिवृद्धि तथा पुनरताजगी तालिम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Nov 22 20:27
नेपाल लाइफ नेपालगन्जद्वारा अभिकर्ता दक्षता अभिवृद्धि तथा पुनरताजगी तालिम सम्पन्न
National Life

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपालगन्ज शाखाले आयोजना गरेको “अभिकर्ता दक्षता अभिवृद्धि तथा पुनरताजगी तालिम” सम्पन्न भएको छ। तालिममा सहभागी अभिकर्ताहरूले “सीप, शिष्टाचार र सेवा– यिनै तीन सूत्रले सफल अभिकर्ता बनाउँछ” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आजको सिकाइले आफ्नो पेशागत यात्रामा नयाँ उचाइ थपिएको धारणा व्यक्त गरेका छन्।

Shikhar
NIMB

तालिमले अभिकर्ताको दक्षता वृद्धि, सेवाको गुणस्तर सुधार तथा बिमितप्रति जिम्मेवारीपूर्ण व्यवहार विकास गर्ने मुख्य उद्देश्य राखेको थियो। कार्यक्रममा अभिकर्ताहरूलाई जीवन बीमामा आवश्यक व्यावसायिक सीप, ग्राहकसँगको व्यवहार, सेवा वितरणमा अपनाउनुपर्ने आचरण तथा दिगो व्यवसायिक प्रगतिबारे विस्तृत रूपमा अभिमुखीकरण गराइएको थियो।

तालिममा पेशागत बीमा अभिकर्ता संघ बीमक समिति तथा नेपाल लाइफका केन्द्रीय उपाध्यक्ष जुहारी लाल चौलागाईं सहित अभिकर्ताहरूको सक्रिय सहभागिता थियो। सहभागीहरूले यस किसिमका तालिमले कम्पनी र ग्राहकबीचको विश्वास बढाउने, सेवा अझ प्रभावकारी बनाउने तथा बीमा व्यवसायलाई थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने बताएका छन्।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपालगन्ज शाखाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै अभिकर्ताको क्षमता र सेवालाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया