NIMB Header 2
Nepal Life

हाम्रो सपनाको निचोड सम्मुन्त नेपाल, निर्वाण चौधरीको विचार

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 02 12:56
हाम्रो सपनाको निचोड सम्मुन्त नेपाल, निर्वाण चौधरीको विचार
Everest Bank

काठमाडौं। भदौ २३ को जेनजी आन्दोलन र २४ को विध्वंसपछि देशको अर्थतन्त्रमा नयाँ चुनौती देखा परेका छन् । यसै पनि कमजोर जगमा उभिएको हाम्रो अर्थतन्त्र आफैंमा बलियो थिएन, त्यसमाथि भदौ २४ मा अर्थतन्त्रका खम्बा नराम्ररी हल्लाइदिएपछि समग्र अर्थतन्त्रमाथि नै थप अनिश्चयको बादल मडारिएको छ ।

Shikhar
NIMB

यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने अपेक्षा गरिएकामा उक्त आन्दोलनपछि २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण सार्वजनिक भइसकेको छ । यसै पनि कमजोर अवस्थामा रहेको रोजगारी सिर्जनाको अवस्थामा निजी क्षेत्रमाथिको आक्रमणले थप नकारात्मक चाप परेको छ । लगानी खुम्चिने अवस्था छ । मलाई लाग्छ, समग्रमा चालू आर्थिक वर्षमा हामीसँग आर्थिक उपलब्धिका उत्साहपूर्ण कथाहरु हुने छैनन् ।

तर, मैले राजनीतिक अस्थिरता, आर्थिक अनिश्चितता र कहिलेकाहीँ उठ्‌ने नकारात्मक सोचबीच नेपाललाई सदैव अपार सम्भावना भएको राष्ट्रका रुपमा हेर्दै आएको छु। सोही कारण हुन सक्छ, भदौ २४ मा हामीमाथिको निर्दयी प्रहारपछि पनि मैले यही देशमा थप उत्साहपूर्ण उपलब्धि हासिल गर्न सकिने विश्वास लिएको छु । जलाएर ध्वस्त पारिएका हाम्रा व्यावसायिक प्रतिष्ठान र निजी निवासको खरानी हातमा लिएर पनि मैले फेरि प्रण गरेको छु हामी फेरि उठ्‌नेछौं । नेपाल आर्थिक प्रगतिको बाटोमा अगाडि बढ्‌नेछ । निजी क्षेत्रले गुम्न लागेको विश्वास जुटाएर फेरि उठ्‌ने प्रण गरेको छ । यसले आजको दिनमा नेपालमा नयाँ आशा भरिरहेको छ ।

हाम्रो व्यावसायिक यात्रामा पक्कै पनि धेरै मोड आए-कहिले संकटको भूमरीमा हामी फस्यौं भने कहिले अवसरले हामीलाई नयाँ आशा जगाइदिए । यस्ता अनुभवका सकारात्मक, नकारात्मक पक्ष पक्कै छन् । तर, यिनै उतारचढावले हामीलाई अझ बढी अनुशासित, दृढ र दूरदर्शी बनाउँदै अघि बढ्न प्रेरणा मिलेको छ। यी अनुभवले एउटा कुरा भने प्रस्ट पारिदियो कि नेपालको परिवर्तन हाम्रै युवाशक्ति, उद्यमशीलता र दूरदृष्टि भएको नेतृत्वमा निहित छ ।

आजका युवामा जुन ऊर्जा, कौशल र उद्यमशीलताको नयाँ मोडल देखिन्छ, त्यसले मलाई सधैं आशावादी बनाइदिन्छ । विश्वका जुनसुकै मुलुकमा जाँदा पनि नेपाली युवाको प्रतिभा चम्किएको देखिन्छ । तर, मुख्य प्रश्न यही हो-हामीले हाम्रा युवालाई नेपालमै भविष्य देख्ने वातावरण दिन सकेका छौं कि छैनौं ? विदेश त जुनसुकै कारणले जान सकिन्छ, तर एकपटक विदेश गएका हाम्रा युवा किन उतै बस्न चाहिरहेका छन् ? उनीहरुलाई स्वदेश फर्कने माहोल बनाउन राजनीतिक नेतृत्वकै दूरदृष्टि आवश्यक पर्छ, जुन हामीले अहिले पनि देशभित्र खोजिरहेका छौं।

अहिले नै पनि देशमा युवाका नयाँ-नयाँ भिजनमा पर्याप्त लगानीका अवसरले प्रतीक्षा गरिरहेजस्तो देखिन्छ । वित्तीय क्षेत्रमा अत्यधिक तरलता छ र ब्याजदर निकै तल झरिसकेको छ। यो समय भनेको युवाहरुले आफ्‌ना प्रारम्भिक स्टार्टअपमा लगानी गर्न उपयुक्त मौका पनि हो। तर, किन युवाहरु सस्तो ब्याजमा लगानी जुटाएर आफ्‌ना आइडियालाई कार्यान्वयन गर्न उत्साहित बनिरहेका छैनन् ? राजनीतिले हेरिदिनुपर्ने यहींनेर हो। युरोप र अमेरिकामा नयाँ नयाँ बिजनेसमा लगानी गरिरहेका नेपाली युवा किन देशभित्र आफ्‌ना आइडिया कार्यान्वयन गर्ने अवसरको सदुपयोग गर्न हिच्किचाइरहेका छन् ? हामीले ध्यान दिनुपर्ने यसतर्फ हो ।

यो समय सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीका लागि प्रोत्साहन गर्नुपर्छ ताकि वित्तीय क्षेत्रमा बग्दै गरेको तरलता व्यवस्थापन गर्न सकियोस् र देशभित्र लगानीको दायरा फराकिलो बन्दै जाओस् । ब्याजदर घटे पनि उद्यमी व्यवसायी ऋण लिन उत्सुक छैनन् । सायद, यसको कारण असुरक्षा र भय हुन सक्छ । वा भविष्यमा लगानी सुरक्षाको प्रश्न पनि भित्रभित्रै गुम्सिएको हुन सक्छ । त्यसैले निजी क्षेत्रलाई सहयोग गर्ने, उद्यमशीलतालाई सम्मान गर्ने र आत्मविश्वास जगाउने दृष्टिकोण राज्यको प्राथमिकतामा देखिनु आवश्यक छ, जसले लगानीकर्तामा भरोसा बढ्न सकोस् ।

नेपालमा प्रायः अवसरका तुलनामा अवरोधलाई तेर्स्याउने प्रचलन छँदै छ । कतिपय क्षेत्रमा त ढोका नै बन्द गरिन्छ। कतै नियतको समस्या देखिन्छ, कतै माफियागिरीले उद्यमशीलता दबाउने काम गर्छ। यसको एउटा ज्वलन्त उदाहरण हो- चौधरी ग्रुपलाई टेलिकम क्षेत्रमा रोक्नु । टेलिकम क्षेत्रमा प्रवेशका लागि १२ वर्षसम्म अनुमति नपाएको अनुभवले हामीलाई ठूलो पाठ पनि सिकाएको छ- आर्थिक समृद्धि नबुझ्ने नेतृत्व हुँदा देश आर्थिक रुपमा अधोगति लाग्छ भन्ने कुरा । दुई तिहाइको सरकार र राजनीतिक स्थिरता हुँदा पनि आर्थिक संरचनागत समस्या सम्बोधन हुन नसक्नु आफैंमा गम्भीर विषय थिए । अब हामीलाई नीति पढ्‌ने मात्रै होइन, आर्थिक विकासको सही व्यवस्थापन गर्न सक्ने नेतृत्व पनि आवश्यक छ भन्ने अनुभव गराएको छ, जसले राष्ट्रमा नतिजा दिने गरी विकास परियोजनामा काम गरोस् । आजका दिनमा फेरि के पनि बुझ्न जरूरी छ भने स्टन्ट गर्नु र काममा नतिजा निकाल्नु भनेका बिल्कुल फरक कुरा हुन् । स्टन्टले एकैछिन काम गरे जस्तो भ्रम मात्रै दिन्छ, तर सही व्यवस्थापकले राष्ट्रलाई अर्को तहमा पुऱ्याउने गरी स्थापित गर्दछ ।

नेपालमा एउटा गम्भीर समस्या भने देखा परेको छ । देश सञ्चालनको नेतृत्व तहमा रहेका राजनीतिज्ञ हुन् वा ब्युरोक्रेसी । अपवादलाई छाडेर उनीहरुका छोरानाति विदेशमा छन् । जो नेपालको विकास निर्माणको नेतृत्वमा छन्, उनीहरुलाई यो देश कसरी बनाउने भन्ने हुटहुटी हुनुपर्ने थियो र सोहीअनुसार काम गर्नुपर्ने थियो । तर, अवस्था यस्तो देखिँदै छ कि यहाँ आफ्‌नो हैसियत रहँदासम्म हैकम जमाउने र रिटायर्ड हुनासाथ छोरानाति भएको देश जाने।

नेपालमा एउटा गम्भीर समस्या भने देखा परेको छ । देश सञ्चालनको नेतृत्व तहमा रहेका राजनीतिज्ञ हुन् वा ब्युरोक्रेसी । अपवादलाई छाडेर उनीहरुका छोरानाति विदेशमा छन् । जो नेपालको विकास निर्माणको नेतृत्वमा छन्, उनीहरुलाई यो देश कसरी बनाउने भन्ने हुटहुटी हुनुपर्ने थियो र सोहीअनुसार काम गर्नुपर्ने थियो ।

आफुलाई यो देशमा बस्नु छैन र आफ्‌नो नेक्स्ट जेनेरेसन पनि यो देशमा बस्ने होइन भन्ने भएपछि उनीहरुको ध्यान देश निर्माणमा देखिएको छैन । यो प्रवृत्तितर्फ पनि ध्यान दिनुपर्ने अवस्था छ । अन्यथा देशका लागि मरिमेट्नेका निम्ति यो समूहले अवरोधका रुपमा काम गरिरहनेछ किनकि उसलाई देशको भविष्यसँग चिन्ता छैन ।

जेनजी आन्दोलनले देशमा आर्थिक अनिश्चयताको वातावरण देखापयो, तर हामीले हाम्रा साझेदारसँगको विश्वासलाई भने गुम्न दिएनौं । हामीले त्यो घटनालाई प्रतिशोधको आँखाले होइन, जिम्मेवारीका दृष्टिले हेन्यौँ । त्यसैले आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गर्यौ। त्यो प्रक्रिया कार्यान्वयनमा आइसकेको छ। त्यस्तै, नेपालप्रति साझेदारको दृष्टिकोण नकारात्मक बन्नबाट जोगाएरै राख्न सफल भयौं। मदी २४ को विध्वंसपछि पनि बौधरी ग्रुपले विदेशी साझेदारसहित नेपालमा लगानी गरिसकेका छौं, जसमध्ये नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा शिलान्यास गरिएको बिकाजी स्न्याक्स फ्याक्ट्री एउटा उदाहरण हो । विदेशस्थित साझेदारहरूले प्रायः नेपालको अवस्थाबारे सोध्छन् र म सौं भन्ने गर्छु- नेपालजति सम्भावनायुक्त मुलुक संसारमा थोरै मात्र छन् । सही वातावरण बन्यो भने यहाँ लगानीको बाढी आउन सक्छ ।

हामी नेपालको सम्मानलाई विश्वमर कसरी फैलाउन सकिन्छ भनेर पनि कटिबद्ध भएर लागिरहेका छौं । ज्यागुअर वा ल्यान्डरोभरका उत्पादन भएका देशमा भारतको झन्डा फहराइरहेको हुन्छ । ठीक त्यसैगरी हामीले वाइवाइलाई नेपाली झन्डासहित विश्व बजारमा उभ्याएका छौं । विदेशमा जहाँ वाइवाइको फ्याक्ट्री छ, त्यहाँ नेपाली झन्डा फरफराइरहेका छन् ।

मलाई मेरा उद्यमी साथीहरुले बेलाबखत गुनासो गरिरहनुभएको हुन्छ-नेपालमा पैसा कमाउनु, रोजगारी सिर्जना गर्नु, कर तिर्नु के अपराध हो ? किन हामीमाथि त्यस्तै व्यवहार गरिन्छ भनेर । मैले उहाँहरुलाई भन्ने गरेको छु-हामी यस्तो व्यवहारबाट हतोत्साहित हुनुहुँदैन । जब नयाँ जेनेरेसनले देश विकासको आधार भनेकै देशमा लगानी गर्नु हो र लगानीकर्ताकै कारण देश आर्थिक रुपमा समुन्नत बन्नेछ भन्ने कुरा बुझ्‌नेछ, त्यो दिन उद्यमी व्यावसायी पनि सम्मानित हुने दिन आउनेछ । मलाई लाग्छ, शिक्षामा अब्बल बन्दै गएको नयाँ पुस्ताले यो कुरा धेरै हदसम्म बुझिसकेको छ ।

हामीले गरेका काम, भोगेका चुनौती, बनाएका योजना र देखेका सपना सबै एउटै निष्कर्षमा आएर टुंगिन्छन्- नेपालको आर्थिक समुन्नति । त्यसका लागि निजी क्षेत्रलाई साझेदार मान्ने, युवालाई मार्गदर्शन गर्ने, आर्थिक संरचनालाई स्पष्ट बनाउने र देशलाई स्थिर दिशा दिने सक्षम राजनीतिक नेतृत्व अब देशले पाउनेछ भन्ने हामीले विश्वास गर्नुपर्छ । यो अवस्थामा नेपालले गरेको आर्थिक तरक्की हामीले आफ्नै आँखाले देख्न पाउनेछौं ।

(चौधरी नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हुन् । प्रस्तुत लेख आर्थिक पत्रकार समाजले प्रकाशन गरेको अर्थनीति, सेजन स्मारिका २०८२ बाट लिइएको हो)

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया