गभर्नर र आईएमएफ मिसनबीच प्रारम्भिक बैठक सम्पन्न
- BFIS News
- 2026 Feb 06 22:04
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ईसीएफ सातौँ समीक्षा मिसन तथा आर्टिकल–४ परामर्श टोलीबीच प्रारम्भिक बैठक सम्पन्न भएको छ। बैठकमा आईएमएफ मिसनका सदस्यहरू तथा दक्षिण एसिया निर्वाचन समूह (SEAVG) का कार्यकारी निर्देशक (ED) इद्वान हाकिमको पनि उपस्थिति रहेको थियो।
बैठकका क्रममा आईएमएफ मिसनका उद्देश्यहरू, ईसीएफ कार्यक्रम अन्तर्गत सातौँ समीक्षाको कार्यसूची तथा आर्टिकल–४ परामर्शसँग सम्बन्धित प्रमुख विषयवस्तुहरूबारे विस्तृत छलफल गरिएको थियो। मिसन टोलीले नेपालको समष्टिगत आर्थिक अवस्था, वित्तीय क्षेत्रको स्थायित्व, मौद्रिक तथा वित्तीय नीतिसम्बन्धी प्राथमिकताहरूका विषयमा प्रारम्भिक दृष्टिकोण प्रस्तुत गरेको थियो।
गभर्नर प्रा. डा. पौडेलले नेपालको आर्थिक अवस्था, नीतिगत सुधार प्रयास तथा संरचनात्मक सुधारका क्षेत्रमा गरिएको प्रगतिबारे जानकारी गराउँदै आईएमएफसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैठकले आगामी दिनमा हुने विस्तृत छलफल र मूल्यांकनका लागि आधार तय गरेको बताइएको छ।
आईएमएफको यो मिसनले सम्बन्धित सरकारी निकायहरूसँग निरन्तर परामर्श गर्दै आर्थिक सूचक, नीति सुधार तथा भावी रणनीतिहरूको मूल्यांकन गर्ने कार्यक्रम रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)









.jpg)

.jpg)

.jpg)



प्रतिक्रिया