बीमा क्षेत्रकी पहिलो महिला सिइओ उपासना हिमालयन रिको सिइओमा नियुक्त
- BFIS News
- 2023 Oct 01 17:20
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् । पौडेल बीमा क्षेत्रको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत हुन् । यस भन्दा अगाडी उनि साविक युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएकी थिइन् । हाल उनि हिमालयन रिकै हिमालयन रि–इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छिन् ।
कम्पनी सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृत रहेका चन्द्रशेखरनको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
पौडेलाई सीईओ नियुक्त गर्ने प्रस्ताव बीमा प्राधिकरणमा पठाएको छ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पौडेललाई सीईओ नियुक्त गर्न प्राधिरकणमा पत्राचार भएको भएपनि प्राधिकरणले कुनै निर्णय नगरेको बताए ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpg)






प्रतिक्रिया