सुन र चाँदीको भाउमा तीव्र गिरावट, सुन तोलामा ९,५०० रुपैयाँ घट्यो
- BFIS News
- 2026 Feb 05 11:42
काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको छ। एकै दिन सुनको भाउमा ठूलो गिरावट देखिएको छ भने चाँदीको दर पनि उल्लेख्य मात्रामा तल झरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन बुधबार यही सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा सुनको मूल्य एकै दिन ९ हजार ५०० रुपैयाँले घटेको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। बुधबार प्रतितोला ५ हजार ६०० रुपैयाँ रहेको चाँदी बिहीबार ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको कारण मूल्यमा यस्तो परिवर्तन आएको जनाइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)









.jpg)

.jpg)

.jpg)



प्रतिक्रिया