NIMB Header 2
Nepal Life

सुपर खुदी हाइड्रोपावरले फागुन ४ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

National Life
  • BFIS News
  • 2026 Feb 06 11:05
सुपर खुदी हाइड्रोपावरले फागुन ४ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
Sanima Reliance

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ।

Shikhar
NIMB

आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँटपछि कम्पनी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशनमा जान लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत बराबर ३१ करोड रुपैयाँ मूल्यका ३१ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये १५ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र १ लाख ५५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिसकिएको छ। साथै ७७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ।

दोस्रो चरणमा कम्पनीले कर्मचारीका लागि ३१ हजार कित्ता सुरक्षित राख्दै बाँकी १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। यी शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा फागुन १० गते र ढिलोमा फागुन १९ गते बन्द हुने तालिका छ।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग दिएको छ, जसले दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम संकेत गर्छ।

सुपर खुदी हाइड्रोपावरले २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २७ वर्ष ५ महिना बाँकी रहेको कम्पनीले जनाएको छ। साधारण लगानी फिर्ता अवधि ७.२१ वर्ष र छुट दरमा लगानी फिर्ता अवधि १३.४२ वर्ष रहेको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पाएको छ। आवेदन सी–आस्बा प्रणालीमार्फत अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया