NIMB Header 2
Nepal Life

नेपाल वेयरहाउजिङ्गको नोक्सानी घट्यो, आम्दानी दोब्बरभन्दा बढी वृद्धि

National Life
  • BFIS News
  • 2026 Feb 08 11:15
नेपाल वेयरहाउजिङ्गको नोक्सानी घट्यो, आम्दानी दोब्बरभन्दा बढी वृद्धि
Sanima Reliance

काठमाडौं। नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको छ।

Shikhar
NIMB

गत आर्थिक वर्षको पहिलो छ महिनासम्म ४ करोड ४९ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा २ करोड ९ लाख रुपैयाँमा झरेको छ। सञ्चालन तथा कुल आम्दानीमा आएको सुधारसँगै नोक्सानी घट्न पुगेको कम्पनीले जनाएको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १ करोड ८७ लाख रुपैयाँबाट बढेर ४ करोड २४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल आम्दानी पनि १ करोड ७९ लाख रुपैयाँबाट बढेर ४ करोड २७ लाख रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (EPS) ६ रुपैयाँ ९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ २४ पैसा कायम रहेको छ। ६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटी भने २० करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

व्यवस्थापकीय विश्लेषण

कम्पनीका अनुसार त्रैमासको अन्त्यसम्म आइपुग्दा साइलोमा लामो समयदेखि अन्न भण्डारण गरिरहेका ग्राहकहरूले मकै र गहुँको भुक्तानी माग गर्ने दर बढेका कारण अन्न फिर्ता प्रक्रिया तीव्र बनाइएको छ। यसका कारण कम्पनीका साइलोहरूमा गहुँ र मकैको मौज्दात क्रमशः घट्दै गएको छ।

यस अवधिमा भण्डारणमा रहेको अन्नको गुणस्तरमा कुनै कमी नआओस् भन्नका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय उपायहरू अपनाइएको कम्पनीले जनाएको छ। व्यवसाय विस्तारका लागि अन्न आयातकर्तालाई लक्षित गर्दै विभिन्न व्यवसायिक पहलहरू अघि बढाइएको छ। साथै किसान र अन्न व्यापारीसँग प्रत्यक्ष सम्पर्क र सहकार्य विस्तारमा पनि जोड दिइएको छ।

समस्या र चुनौती

कम्पनीले अन्न उत्पादनमा मौसमी प्रभाव पर्ने भएकाले त्यसको प्रत्यक्ष असर वेयरहाउस व्यवसायमा पर्ने चुनौती रहेको उल्लेख गरेको छ। मुख्यतः उत्पादनको समयमा मात्र भण्डारण कार्य हुने र बाँकी समयमा आयातित अन्नमा निर्भर रहनुपर्ने अवस्थाले वर्षभरि पूर्ण क्षमतामा सञ्चालन गर्न कठिनाइ देखिएको छ।

नयाँ प्रकृतिको व्यवसाय भएकाले ग्राहकलाई वेयरहाउसिङ्ग प्रणालीबारे पूर्ण रूपमा बुझाउन समय लाग्ने, वेयरहाउस रिसिप्ट प्रणाली समयमै कार्यान्वयन नहुनु तथा अन्न खरिद गरी भण्डारण गर्ने ग्राहकको वित्तीय क्षमताले पनि व्यवसायमा प्रत्यक्ष प्रभाव पार्ने कम्पनीको भनाइ छ।

त्यसैगरी, ब्याजदर र अन्नको मूल्यमा हुने उतारचढाव, साथै अन्तर्राष्ट्रिय बजारमा अन्नको मूल्य परिवर्तनले नेपाली बजार र कम्पनीको व्यवसायमा प्रत्यक्ष असर पार्ने चुनौती रहेको छ।

वित्तीय दबाब र रणनीति

कम्पनीको छ महिनाको सञ्चालन आम्दानी ४ करोड २७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो अवधिको तुलनामा उल्लेख्य रूपमा बृद्धि सँगै वित्तीय खर्च घटेकाले नोक्सानी नियन्त्रणमा आएको देखिन्छ। अर्बभन्दा माथिको ऋण तिर्नुपर्ने बाध्यताका कारण वित्तीय खर्च अझै उच्च रहेको कम्पनीले जनाएको छ।

ऋण घटाउने उद्देश्यले हकप्रद शेयर निष्कासन गर्ने रणनीति लिइए पनि नियामक निकायबाट अनुमति नपाउँदा कम्पनी थप वित्तीय दबाबमा परेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया