आगामी निर्वाचनका लागि करिब ३२ अर्ब रुपैयाँ खर्च हुने सरकारी अनुमान
- BFIS News
- 2026 Feb 04 11:29
काठमाडौं। सरकारले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यसका लागि करिब ३२ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ।
सरकारका अनुसार आवश्यक भौतिक र प्राविधिक तयारीका कारण निर्वाचन खर्च उल्लेख्य हुने देखिएको हो।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन रोक्ने कुनै योजना नरहेको र तोकिएकै तालिकाअनुसार प्रक्रिया अगाडि बढाइने बताएकी छन्। उनका अनुसार कुनै क्षेत्र विशेषमा समस्या आएमा चरणबद्ध रूपमा मतदान गराउने विकल्प पनि खुला राखिएको छ।
विशेषगरी हिमाली जिल्लाहरूमा चिसो मौसम र यातायातका चुनौती देखिन सक्ने उल्लेख गर्दै उनले आवश्यक परे वैकल्पिक सवारी साधन प्रयोग गरेर मतदाता ओसारपसारको व्यवस्था मिलाइने बताइन्। अत्यावश्यक अवस्थामा मात्र फरक मोडालिटी अपनाइने, तर निर्वाचन प्रक्रिया नरोकिने सरकारको धारणा छ।
प्रधानमन्त्री कार्कीले निर्वाचनपछि निर्वाचित प्रतिनिधिलाई शासन जिम्मेवारी हस्तान्तरण गरिने स्पष्ट पार्दै शान्तिपूर्ण मतदान सुनिश्चित गर्न सरकार सतर्क र तयारी अवस्थामा रहेको जानकारी दिइन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)
















प्रतिक्रिया