NIMB Header 2
Nepal Life

माईपे वालेटबाट सुबिसु इन्टरनेटको बिल भुक्तानीमा टिभिएसको एनटर्क स्कुटर जित्ने मौका

National Life
  • BFIS News
  • 2026 Feb 08 16:55
माईपे वालेटबाट सुबिसु इन्टरनेटको बिल भुक्तानीमा टिभिएसको एनटर्क स्कुटर जित्ने मौका
Sanima Reliance

काठमाडौं। माईपे (MyPay) वालेटले सुबिसु इन्टरनेटको २५औं वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । माईपेबाट सुविसु इन्टरनेटको बिल तिर्दा बम्पर पुरस्कारमा टिभिएसको एनटर्क (TVS NTORQ Scooter 125)  स्कुटर जित्ने योजना सार्वजनिक गरेको छ ।

Shikhar
NIMB

साथै साप्ताहिक रुपमा नेपाल क्रिकेटको जर्सी जित्न सकिने छ । यसका साथै सुबिसु प्रयोगकर्ताले माईपे (MyPay) बाट कुनै सुबिसुको पनि बिल तिर्दा “सुबिसु२५” (“SUBISU25”) प्रोमो कोड Promocode  प्रयोग गरी ३ प्रतिशत अधिकतम ३०० सम्मको क्यासब्याक (Cashback) समेत प्राप्त गर्न सकिने माईपेले जनाएको छ । यो अफर चैत्र १७, २०८२ सम्म लागु हुने माईपेले जनाएको छ ।

यसअघि पनि माईपेले आफ्ना ग्राहकहरु लाई लक्षित गर्दै विभिन्न आकर्षक अफर हरु प्रस्तुत गर्दै आएको छ । माईपे वालेट प्रयोग गरी मोबाईल टपअप गर्दा ५ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्नुका साथै हवाई टिकट बुकिङमा, अन्य इन्टरनेटको बिल भुक्तानी, खानेपानी तथा बिजुलिको विल भुक्तानी लगायतका सेवामा समेत विशेष छुट तथा क्यासब्याक सुविधा उपलब्ध गराउँदै आएको छ । 

माईपेले आगामी दिनमा समेत ग्राहक महानुभावहरुको आवश्यकता र चाहानालाई मध्येनजर गर्दै यस्तै नवीन र आकर्षक योजनाहरु ल्याउने जानकारी दिएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया