NIMB Header 2
Nepal Life

वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चले गर्‍यो बदर

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 21 13:09
वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चले गर्‍यो बदर
United Ajod

काठमाडौं। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरेको छ। बिहीबार न्यायाधीशहरू सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले श्रेष्ठको नियुक्ति बदर गरेको हो।

Nepal Life
NIMB

निगम संचालक समितिका सदस्य उपेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालय समेत गरी ५ जनालाई विपक्षी बनाएर असार ३२ गते रिट दायर गरेका थिए।

उनले श्रेष्ठको नियुक्ति बदर गरी आफूलाई नियुक्त गरिपाऊँ भन्ने परमादेश समेत माग गरेका थिए। सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले यसमा आंशिक मात्रै रिट जारी भएको जानकारी दिए। 

‘आंशिक रिट जारी भनेको अहिले कार्यकारी अध्यक्ष रहेकाको नियुक्ति बदर भयो। निवेदकले आफूलाई नियुक्ति गराउनका लागि परमादेश समेत माग गरेका थिए। त्यो परमादेशको हकमा भने खारेज भयो,’ उनले भने।

पर्यटन मन्त्रालयले यसअघि योग्यता अनुसार पहिलो नम्बरमा रहेका कार्कीलाई संचालक समिति पदमा समेत नियुक्ति दिएको थिएन।

त्यसविरूद्ध पनि उनी सर्वोच्च अदालतमा रिट लिएर पुगेका थिए। त्यतिबेला मन्त्रालयले उनलाई छाडेर डा. दिपक प्रसाद बाँस्तोला, प्रविन भट्टराई, महेश्वरभक्त श्रेष्ठ, रूपा लामिछाने र लिलाराज ढकाललाई सञ्चालक समितिमा नियुक्त गरेको थियो।

न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको इजलासले उक्त नियुक्ति बदर गर्दै पुन: नियुक्तिका लागि परमादेश दिएको थियो।सर्वोच्चले परमादेश दिँदा कार्कीलाई नियुक्त नगर्न पर्ने कुनै आधार र कारण खुलाएको नदेखिएकाले बिनाआधार पिक एन्ड चुज गरेको भन्दै नियुक्ति खारेज गरेको थियो।

यसरी सर्वोच्च अदालतको आदेशपछि मन्त्रालयले कार्की र भीम चन्दलाई संचालक समितिमा राखिएको थियो। त्यसपछि कार्यकारी अध्यक्ष नियुक्ति गर्दा फेरि श्रेष्ठलाई नियुक्ति दिइएको भन्दै कार्की सर्वोच्च पुगेका थिए।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया