NIMB Header 2
Nepal Life

विश्व बैंकद्वारा नेपालको डिजिटल रूपान्तरण परियोजनाका लागि ५ करोड अमेरिकी डलर स्वीकृत

National Life
  • BFIS News
  • 2026 Feb 10 12:51
विश्व बैंकद्वारा नेपालको डिजिटल रूपान्तरण परियोजनाका लागि ५ करोड अमेरिकी डलर स्वीकृत
Sanima Reliance

काठमाडौं। विश्व बैंकको कार्यकारी निर्देशक मण्डलले नेपालमा डिजिटल सार्वजनिक पूर्वाधार सुदृढ गर्दै सार्वजनिक सेवा प्रवाहलाई आधुनिक बनाउने उद्देश्यसहित ५ करोड अमेरिकी डलर बराबरको वित्तीय सहयोग स्वीकृत गरेको छ। यस सहयोगबाट नेपाल डिजिटल रूपान्तरण परियोजना कार्यान्वयनमा आउनेछ, जसले आम नागरिकले सरकारी सेवा प्राप्त गर्ने तरिकामा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

Shikhar
NIMB

यस परियोजनाअन्तर्गत एकीकृत अनलाइन नागरिक सेवा पोर्टल, एकीकृत सामाजिक दर्ता प्रणाली, सुरक्षित सरकार-व्यापी डेटा आदान–प्रदान प्रणाली तथा प्रमाणीकरणयोग्य प्रमाणपत्र व्यवस्थापन र डिजिटल वालेटसहितको डिजिटल लकर विकास गरिनेछ। साथै, भूमि प्रशासनजस्ता उच्च प्रभाव पार्ने सेवाहरूको डिजिटलिकरण गरिने र चरणबद्ध रूपमा अन्य सेवाहरू पनि समेटिने जनाइएको छ।

निजी क्षेत्रको सहभागिता बढाउने लक्ष्यसहित डेटा पूर्वाधार बजारमा लगानी आकर्षित गर्न कानुनी तथा नियामक संरचना सुधार गरिनेछ। डिजिटल अर्थतन्त्रप्रति विश्वास अभिवृद्धि गर्न परियोजनाले विद्युतीय हस्ताक्षर, साइबर सुरक्षा तथा डेटा सुशासनमा पनि लगानी गर्नेछ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेविड सिस्लेनले भने, “मुख्य डिजिटल प्लेटफर्ममा लगानी र सेवाहरूको डिजिटलिकरणमार्फत यो परियोजनाले नागरिक र व्यवसायलाई समावेशी तथा पारदर्शी रूपमा उन्नत सेवा उपलब्ध गराउनेछ। यसले सेवा प्रवाह, सार्वजनिक क्षेत्रको दक्षता र सुशासनमा सुधार ल्याउनेछ।”

यो परियोजना विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) बीचको फुल म्युचुअल रिलायन्स फ्रेमवर्क अन्तर्गत सह-वित्तीय व्यवस्थामा सञ्चालन हुनेछ। विश्व बैंक प्रमुख ऋणदाता रहनेछ भने एडीबी सह-ऋणदाताको रूपमा ४ करोड अमेरिकी डलर योगदान गर्नेछ। एडीबीको व्यवस्थापनले मार्च २०२६ मा परियोजनालाई आफ्नो बोर्डमा पेश गर्ने अपेक्षा गरिएको छ।

परियोजनाको कार्यान्वयन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय परिचयपत्र तथा नागरिक दर्ता विभागमार्फत गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया