एनआरएन इन्फ्राष्ट्रक्चरले सतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन
- BFIS News
- 2026 Feb 10 15:28
काठमाडौं। एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी बराबरकै रकमको हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको जनाएको छ।
कम्पनीका अनुसार एक अर्ब ७९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गरिनेछ। हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ७९ करोड रुपैयाँ रहेको छ। प्रस्तावित हकप्रद निष्काशन सम्पन्न भएपछि चुक्ता पूँजी बढेर तीन अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ।
एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले विगत वर्षहरूमा नियमित रूपमा लाभांश वितरण गर्दै आएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चालु वर्ष ४० प्रतिशत बोनस शेयर वितरण गरेको थियो। बोनस घोषणा पश्चात कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको थियो। हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य करिब १६ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ।
सन् २०१२ सेप्टेम्बरमा कम्पनी ऐन २०६३ अन्तर्गत काठमाडौंमा स्थापना भएको कम्पनी सुरुमा ‘एनआरएन इन्भेस्टमेन्ट लिमिटेड’ नामबाट दर्ता भएको थियो। सन् २०१७ फेब्रुअरी २ मा कम्पनीले नाम परिवर्तन गरी एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड राखेको हो।
कम्पनीले गैरआवासीय नेपाली (एनआरएन) तथा अन्य लगानीकर्ताको सीप, पूँजी र स्रोत परिचालन गर्दै पूर्वाधार तथा विकाससँग सम्बन्धित क्षेत्रमा लगानी विस्तार गर्दै आएको जनाएको छ। यसको लगानी क्षेत्र नवीकरणीय ऊर्जा, बैंक तथा वित्तीय संस्था र वैकल्पिक लगानीका क्षेत्रमा केन्द्रित रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpeg)






प्रतिक्रिया