Nepal Life

लमजुङमा जीप दुर्घटना : एक जनाको मृत्यु, सात जना घाइते

NMB Bank
  • BFIS News
  • 2026 Feb 11 18:30
लमजुङमा जीप दुर्घटना : एक जनाको मृत्यु, सात जना घाइते
National Life

लमजुङ, माघ २८ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चे सडकखण्डमा बुधबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

Shikhar
NIMB

भुजुङबाट बेँसीसहरतर्फ आउँदै गरेको ग. १ ज. ५०६५ नम्बरको जीप अनियन्त्रित भई करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी क्व्होलासोथर गाउँपालिका–४, भुजुङ निवासी ७४ वर्षीया मलकुमारी गुरुङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिनुभयो।

जीपमा चालकसहित १० जना सवार रहेकोमा सात जना घाइते भएका छन्। घाइते हुनेहरूमा क्व्होलासोथर–४ का ८० वर्षीय आइतराम गुरुङ, २२ वर्षीया एलिना गुरुङ, २७ वर्षीया स्मृति गुरुङ, बेँसीसहर नगरपालिका–५ की २० वर्षीया कृपा गुरुङ, वडा नं–७ की ७ वर्षीया रितु गुरुङ, मर्स्याङ्दी गाउँपालिका–९ का ३१ वर्षीय आर्यन गुरुङ तथा मर्स्याङ्दी–२, घनपोखरा निवासी ५० वर्षीया काली गुरुङ रहेका छन्।

घाइतेहरूको लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया