इम्पेरियल सेक्युरिटिजको पाँचौं शाखा पोखरामा उद्घाटन, मार्जिन ट्रेडिङ र पोटीफोलियो सेवा सूरु गर्ने तयारी
- BFIS News
- 2026 Mar 22 21:22
पोखरा । इम्पेरियल सेक्युरिटिज कम्पनी ब्रोकर नं. ४५ ले पोखरामा आफ्नो पाँचौं शाखा विस्तार गरी सेवाको शुरुवात गरेको छ । राष्ट्रबैंक चोकमा रहेको उक्त शाखामा आइतबार नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद तिमल्सिना तथा अग्रज लगानीकर्ता अम्बिका प्रसाद पौडेल तथा संयुक्त रूपमा रिबन काटेर गरेका औपचारिक शुरुवात गरेका हुन् ।
उद्घाटन पश्चात बोल्दै नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका प्रमुख तिमल्सिनाले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै आर्थिक क्रान्ति सम्भव हुने उल्लेख गर्दै वित्तीय क्षेत्रको विकासमा संयुक्त प्रयास आवश्यक रहेको बताउँदै इम्पेरियलको पोखरा शाखाको सफलताको कामना गरे ।
अग्रज लगानीकर्ता पौडेलले ब्रोकरहरूको विस्तारसँगै पुँजी बजारको दायरा तीव्र गतिमा विस्तार हुँदै गएको धारणा व्यक्त गरे। उनले यस्ता शाखा विस्तारले लगानीकर्ताको पहुँच बढाउँदै बजारलाई थप सुदृढ बनाउने बताए । त्यसैगरी,नेप्से ट्रेडिङ डट कमका कार्यकारी अध्यक्ष सन्दीप कुमार चौधरीले इम्पेरियलको शाखा विस्तारसँगै ब्रोकर कम्पनीहरुले सूचना प्रविधिको प्रयोगमा पनि ध्यान दिनुपर्ने सुझाव दिए ।
उनले आधुनिक प्रविधिको प्रयोगमार्फत लगानीकर्तालाई थप सहज र प्रभावकारी सेवा दिन सकिने र राष्ट्रिय परिचयपत्र लाई दोश्रो बजारमा अनिवार्य भैसकेकाले ग्राहकहरुलाई धेरै फाराम र अरु डकुमेण्टहरु बोक्दै हिड्नु नपर्ने गरी सबै विवरण राष्ट्रिय परिचयपत्रको लिंक मार्फत तानेर उपयोग गर्न धितोपत्र बोर्ड, नेपाल स्टक एकसचेञ्ज सँग समन्वय गर्न सुझाव दिए । इम्पेरियल सेक्युरिटिजका कार्यकारी अध्यक्ष भक्तिराम घिमिरेले बजार विस्तारको रणनीतिअनुसार पोखरामा पाँचौं शाखा स्थापना गरिएको जानकारी दिँदै कम्पनीले छिट्टै नै मार्जिन ट्रेडिङ र पोटीफोलियो सेवा सूचारु गर्न आँटेकाले सबै शाखा मार्फत यो सेवा उपलब्ध हुने भन्दै सम्पूर्ण लगानीकर्ताबाट सकारात्मक साथ र सहयोग प्राप्त हुनेमा आफू आशावादी रहेको बताए ।
कम्पनीले यस शाखा मार्फत बिहान ९ बजे देखि साँझ ६ बजे सम्म सेवा लिन सकिने गरी कार्यालय खुल्ने कुरा बताए । लगानीकर्ता बरुण प्रसाद सापकोटाले ९ बजे देखि ६ बजे सम्म सेवा लिन सकिने हुँदा निर्धारित कार्यालय समयमा आफ्नो कार्यालय पुगिसक्नुपर्ने जागिरदारहरुले इम्पेरियलबाट सेवा लिई कार्यालय उपस्थित निकै सहज हुने भन्दै यस्तो कामको प्रशंसा गरे । इम्पेरियलका पोखरा शाखा प्रमुख अर्जुन बरालले कटीबद्ध सेवा प्रदान गर्ने पार्किङको झन्झटबाट मुक्त स्थानमा शाखा रहेको व्यहोरा व्यक्त गरे ।
शाखा उद्घाटनको अघिल्लो दिन इम्पेरियल सेक्युरिटिजले एक दिने निःशुल्क आधारभूत तथा प्राविधिक विश्लेषणसम्बन्धी तालिम कार्यक्रम पनि आयोजना गरेको थियो । कार्यक्रममा विज्ञ तथा अग्रज लगानीकर्ता पौडेल र नेप्से ट्रेडिङ डट कमका कार्यकारी अध्यक्ष सन्दीप कुमार चौधरीले प्रस्तुतीकरण गरेका थिए भने कार्यक्रममा करीव ४ सय लगानीकर्ताहरुले सहभागीता जनाई लाभ लिएका थिए ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)














प्रतिक्रिया