सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ बाँडफाँट, ५७ हजार २४३ जनालाई १० कित्ता
- BFIS News
- 2026 Feb 17 13:59
काठमाडौं। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल को कार्यालयमा आज बिहान ९ बजे आईपीओ बाँडफाँट गरिएको हो।
कम्पनीले गत माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गरेको थियो।
उक्त निष्काशनमा २४ लाख ५२ हजार ६०२ जना आवेदकले २ करोड ६१ लाख ३२ हजार ८०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २४ लाख ११ हजार ९९२ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।
मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा (लटरी) प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो। जसअनुसार ५७ हजार २४३ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँटपछि बाँकी रहेको १ कित्ता शेयर पनि सोही समूहबाट एक जना आवेदकलाई प्रदान गरिएको छ। यससँगै एक जना भाग्यशाली आवेदकले कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)












.jpg)




प्रतिक्रिया