NIMB Header 2
Nepal Life

आईसीआरए नेपालद्वारा नागरिक लगानी कोषलाई ‘ए प्लस’ उच्च रेटिङ प्रदान

National Life
  • BFIS News
  • 2026 Feb 17 14:11
आईसीआरए नेपालद्वारा नागरिक लगानी कोषलाई ‘ए प्लस’ उच्च रेटिङ प्रदान
Sanima Reliance

काठमाडौं। आईसीआरए नेपाल लिमिटेडले नागरिक लगानी कोषलाई ‘ए प्लस’ रेटिङ प्रदान गरेको छ। कम्पनीले कोषलाई आईसीआरएएनपी–आईआर ‘ए प्लस’ रेटिङ दिएको हो।

Shikhar
NIMB

उक्त रेटिङ प्राप्त गर्ने संस्थालाई वित्तीय दायित्वहरूको समयमै सेवा गर्ने सन्दर्भमा पर्याप्त सुरक्षा भएको मानिन्छ। आईसीआरए नेपालको मूल्यांकन समितिको निर्णयअनुसार कोषलाई सो रेटिङ प्रदान गरिएको हो।

वि.सं. २०४७ सालमा स्थापना भएको नागरिक लगानी कोषले २०४८ माघ १ गतेदेखि औपचारिक रूपमा सेवा सुरु गरेको थियो। कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता अवकाश कोष योजना, राष्ट्रसेवक कर्मचारीको जीवन बीमा कोष, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना तथा नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोषलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल कोषमा करिब ७ लाखभन्दा बढी सहभागी आवद्ध रहेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया