Nepal Life

पुँजी बजार सुधारमा सरकार प्रतिबद्ध, राजश्व चुहावट नियन्त्रणमा काम गर्न अर्थमन्त्रीको निर्देशन

NMB Bank
  • BFIS News
  • 2026 Apr 02 13:33
पुँजी बजार सुधारमा सरकार प्रतिबद्ध, राजश्व चुहावट नियन्त्रणमा काम गर्न अर्थमन्त्रीको निर्देशन
United Ajod

काठमाडौं। अर्थमन्त्रालयमा भर्खरै सम्पन्न उच्चस्तरीय छलफल कार्यक्रममा सरकारले पुँजी बजार सुधार र विकासका लागि दृढ प्रतिबद्धता व्यक्त गरेको छ। उक्त छलफलमा अर्थमन्त्री, राजस्व सचिव, धितोपत्र बोर्डका अध्यक्ष, नेप्से प्रमुख तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

Shikhar
Nepal Life
NIMB

कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजारको सुधार तथा विस्तारका लागि सरकार “हदसम्म सकारात्मक” रहेको स्पष्ट पार्दै आवश्यक नीति तथा संरचनात्मक सुधारका उपायहरूको अध्ययन गरी कार्यान्वयनमा लैजान सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्। उनले वर्तमान सरकार निजी क्षेत्र, पुँजी बजार तथा लगानीकर्ताप्रति अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै अनावश्यक हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे।

यसैबीच, राजश्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले अर्थमन्त्रालयले आज बिहान उच्चस्तरीय बैठक आयोजना गरेको हो। करिब एक घण्टा सञ्चालन हुने उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालयका प्रतिनिधि, अर्थ तथा गृह मन्त्रालयका सचिवहरू, राजश्व प्रशासनका उच्च अधिकारीहरू, साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूको सहभागिता रहेको थियो।

अर्थमन्त्रालयका अनुसार बैठकमा राजश्व छली, चोरी पैठारी नियन्त्रण तथा विद्यमान कानुनहरूको प्रभावकारी कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिनेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा हुने उक्त छलफलबाट सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन जारी गरिने कार्यक्रम रहेको छ।

अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता टंक प्रसाद पाण्डेका अनुसार बैठक सम्पन्न भएपछि प्रमुख निर्णय तथा छलफलका बुँदाहरू सञ्चार माध्यममार्फत सार्वजनिक गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया