५ तारे होटल ईष्टर्न नेपालको आईपीओ तयारी, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
- BFIS News
- 2026 Feb 17 14:49
काठमाडौं । होटल ईष्टर्न नेपाल लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ। यस सम्बन्धमा क्यापिटल र कम्पनीबीच दुई पक्षीय सम्झौता सम्पन्न भएको जनाएको छ।
कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार प्रचलित कानूनको अधीनमा रही भविष्यमा सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्नका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको हो। सम्झौतापछि आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।
मेचिनगर–१०, झापा स्थित होटल ईष्टर्न नेपाल अन्तर्राष्ट्रिय स्तरको प्रस्तावित पाँचतारे होटल हो। निर्माणको अन्तिम चरणमा रहेको उक्त होटलले २०८३ साल जेठभित्र सफ्ट ओपनिङ गर्ने लक्ष्य राखेको छ।
कम्पनीका अनुसार होटल सञ्चालनमा आएपछि समग्र व्यवसाय विस्तारसँगै होटल सञ्चालन तथा व्यवस्थापनमा प्रत्यक्ष सहभागिता रहनेछ। आईपीओमार्फत संकलित पूँजी होटलको सञ्चालन, व्यवस्थापन तथा दीर्घकालीन व्यवसाय विस्तारमा उपयोग गरिने जनाइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)












.jpg)




प्रतिक्रिया