NIMB Header 2
Nepal Life

प्रिमियममा आईपीओ निष्काशनका लागि १२ कम्पनी सेबोनको पाइपलाइनमा, उत्पादन क्षेत्रको दबदबा

National Life
  • BFIS News
  • 2026 Feb 17 21:45
प्रिमियममा आईपीओ निष्काशनका लागि १२ कम्पनी सेबोनको पाइपलाइनमा, उत्पादन क्षेत्रको दबदबा
Sanima Reliance

काठमाडौं । उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरूले धितोपत्र बजारमा प्रिमियम दरमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति माग्ने सूचिमा वर्चस्व जमाएका छन्। बोर्डको पाइपलाइनमा हाल प्रिमियम आईपीओ निष्कासनका लागि रहेका कुल १२ कम्पनीमध्ये सात उत्पादन क्षेत्रका, दुई जलविद्युत क्षेत्रका, दुई अन्य क्षेत्रका र एक लगानी क्षेत्रको कम्पनी रहेका छन्।

Shikhar
NIMB

उत्पादनतर्फ, Jagdamba Steels Limited ले प्रति कित्ता ३०० रुपैयाँ प्रिमियममा २ करोड ७० हजार कित्ता आईपीओ जारी गर्न अनुमति मागेको छ। त्यसैगरी Shaurya Cement Industries Limited (१ करोड ५९ लाख ८१ हजार ५०० कित्ता प्रतिकित्ता २६४.५१ रुपैयाँ), Maruti Cements Limited (१ करोड १६ लाख कित्ता प्रतिकित्ता ३७७ रुपैयाँ), Riddhisiddhi Cement Limited (१ करोड २१ लाख ७१ हजार ५०० कित्ता प्रतिकित्ता २१४.१० रुपैयाँ), Ambe Steels Limited (१ करोड ११ लाख ९२ हजार ७२७ कित्ता प्रतिकित्ता ३०३ रुपैयाँ), Hulas Infra Limited (३५ लाख ४७ हजार १८८ कित्ता प्रतिकित्ता ३३३.५६ रुपैयाँ) र Hulas Iron Industries Limited (९७ लाख ५० हजार कित्ता प्रतिकित्ता २५५ रुपैयाँ) ले पनि प्रिमियम आईपीओका लागि निवेदन दिएका छन्।

जलविद्युत क्षेत्रबाट Century Energy Limited ले २ लाख ३० हजार कित्ता प्रतिकित्ता २७५.११ रुपैयाँमा र Numbur Himalaya Hydropower Limited ले ३० लाख ६ हजार २०२ कित्ता प्रतिकित्ता २१८ रुपैयाँमा आईपीओ जारी गर्न सेबोनको स्वीकृति पर्खिरहेका छन्।

अन्य क्षेत्रअन्तर्गत Kailash Helicopter Services Limited ले ३ लाख ५० हजार कित्ता प्रतिकित्ता ३२७ रुपैयाँमा र Chhaya Devi Complex Limited ले १४ लाख ३७ हजार ५०० कित्ता प्रतिकित्ता ४०० रुपैयाँमा प्रिमियम आईपीओ निष्कासनको प्रस्ताव गरेका छन्।

लगानी क्षेत्रबाट Shivam Holdings Limited ले प्रतिकित्ता २१० रुपैयाँ प्रिमियममा १ करोड १६ लाख कित्ता आईपीओ जारी गर्न अनुमति मागेको छ।

प्रिमियम आईपीओको बढ्दो प्रवृत्ति

हालका वर्षहरूमा कम्पनीहरू सार्वजनिक निष्कासनमार्फत पुँजी बजारमा प्रवेश गर्ने क्रम बढ्दो छ। विशेषगरी प्रिमियम दरमा आईपीओ जारी गर्ने प्रवृत्ति अघिल्ला वर्षहरूको तुलनामा तीव्र बनेको देखिन्छ।

पछिल्लो समय प्रवर्द्धकहरूले आईपीओलाई ‘एक्जिट प्लान’ का रूपमा प्रयोग गर्ने गलत अभ्यासको प्रचलन बढ्दो छ। नियामक निकायले कम्पनी साँच्चिकै प्रिमियम आईपीओ जारी गर्न योग्य छ कि छैन भन्ने विषयमा गम्भीर मूल्यांकन गर्नुपर्ने अवस्था आएको छ। सर्वसाधारण लगानीकर्ताले कमजोर वित्तीय अवस्थाका कम्पनीहरूको आईपीओमा आवेदन दिनुअघि सावधानी अपनाउनुपर्ने हुन्छ। आइपिओ निष्काशन गर्ने वित्तीकै जस्ता सुकै कम्पनीको आइपिओमा ओभर सब्सक्राइब भइदिदा यस्ता गलत अभ्यास स्थापित हुन पुगेको हो। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया