Nepal Life

टिकटकमार्फत मतदाता शिक्षा प्रवर्द्धन गर्न निर्वाचन आयोगको प्रतियोगिता

NMB Bank
  • BFIS News
  • 2026 Feb 20 09:48
टिकटकमार्फत मतदाता शिक्षा प्रवर्द्धन गर्न निर्वाचन आयोगको प्रतियोगिता
National Life

काठमाडौं। आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै निर्वाचन आयोगले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको छ।

Shikhar
NIMB

आयोगले सामाजिक सञ्जालमार्फत मतदाता शिक्षा र निर्वाचनसम्बन्धी जानकारी व्यापक बनाउन यो अभियान अघि बढाएको जनाएको छ।

आयोगका अनुसार निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन एक मिनेट अवधिको टिकटक भिडियो तयार गरी सार्वजनिक गर्नुपर्नेछ। भिडियो सहभागीले आफ्नो सामाजिक सञ्जाल खातामा अपलोड गरी फागुन १७ गतेभित्र आयोगको इमेल ठेगानामा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

प्रतियोगितामा प्राप्त भिडियोमध्ये सबैभन्दा बढी भ्युज प्राप्त गर्ने तीन भिडियोलाई नगद पुरस्कार प्रदान गरिनेछ। पहिलो हुनेलाई ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ र तेस्रोलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ।

भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आधारित हुनुपर्नेछ। सामग्री संवादात्मक तथा सन्देशमूलक हुनुपर्ने र मौलिक अडियो तथा अभिनयलाई प्राथमिकता दिइनेछ। निर्वाचनको सामान्य जानकारी, यसको आवश्यकता र महत्त्व, मतपत्रमा सही तरिकाले मतदान गर्ने विधि, निर्वाचन आचारसंहिता, मतदाताको अधिकार र कर्तव्यलगायत विषय समेट्नुपर्ने उल्लेख गरिएको छ।

एक व्यक्तिले एउटै विषयमा एक भिडियो मात्र पठाउन पाउनेछन् भने दुई वा सोभन्दा बढी व्यक्ति समावेश भई पनि भिडियो निर्माण गर्न सकिनेछ। प्राप्त सामग्रीमाथि आयोगको स्वामित्व रहने र आवश्यक ठानेमा आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ।

तोकिएका मापदण्ड पूरा नगरेका तथा निर्धारित समयसीमा नाघेर प्राप्त भएका भिडियोहरू भने स्वीकार नगरिने जनाइएको छ। उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ र आयोगको संयुक्त मूल्यांकनबाट गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया