Nepal Life

धादिङ बस दुर्घटना: १८ जनाको मृत्यु, २२ घाइते काठमाडौँमा उपचाररत

NMB Bank
  • BFIS News
  • 2026 Feb 23 12:03
धादिङ बस दुर्घटना: १८ जनाको मृत्यु, २२ घाइते काठमाडौँमा उपचाररत
National Life

काठमाडौँ, सोमबार । पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। घाइतेमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

Shikhar
NIMB

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौँ ल्याइएका घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टर मा र १० जनाको नेशनल अस्पताल कलंकी मा उपचार भइरहेको छ। उपचारका लागि ल्याइएका २३ जनामध्ये एक जनाको भने उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी छ।

नेशनल अस्पताल कलंकीमा ९ पुरुष र १ महिलाको उपचार भइरहेको छ। ट्रमा सेन्टरमा ७ पुरुष र ५ महिलाको उपचार जारी छ।

नेशनल सिटी अस्पतालमा उपचाररत घाइतेहरूमा सितापाइला बस्ने ३३ वर्षीय राजेश कुँवर, तनहुँ भक्ते बस्ने १८ वर्षीय सुविन मल्ल, कास्की लेखनाथकी ३५ वर्षीया प्रतिभा पौडेल, कास्की देवीनगरका २३ वर्षीय चन्द्रआशिष फुँयाल, काठमाडौँ लोलाङ बस्ने १९ वर्षीय संगम मल्ल, कास्की चिसुवा घर भएकी ३९ वर्षीया प्रमिला भट्टराई, स्याङ्जा फेदिखोला–४ का ६४ वर्षीय डम्मरबहादुर विक, काठमाडौँ कलंकीका २५ वर्षीय कृष्ण तिवारी, कास्कीका २० वर्षीय सुनम गुरुङ र धादिङ धुनिबेशीका ३६ वर्षीय राजेन्द्र बिसुन्के रहेका छन्।

त्यस्तै ट्रमा सेन्टरमा उपचार भइरहेकामध्ये २२ वर्षीया चिनियाँ नागरिक कि मिसि हाउ, काठमाडौँ बौद्धकी ४८ वर्षीया एन्जी शेर्पा, तनहुँका ४५ वर्षीय सोमप्रसाद मल्ल, झापाका ३० वर्षीय विपिन मानन्धर, काठमाडौँ गोकर्णकी २८ वर्षीया पूजा फुँयाल, स्याङ्जा फेदिखोलाका २६ वर्षीय सचिन्द्र सुनार र कास्की लेखनाथका प्रदीप लामिछाने रहेका छन्। साथै, बौद्ध बस्ने नोर्बु पाल्देन, कपनकी स्वर्णीमा खत्री, कास्कीकी १९ वर्षीया सलिना परियार, तनहुँका ४४ वर्षीय मानबहादुर थापा र बौद्धकी ४८ वर्षीया लङ्साङ्गोली लामाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

सोमबार बिहान करिब १:३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्ग बाट त्रिशूली नदीमा खसेको थियो। दुर्घटनापछि सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले हालसम्म १७ जनाको शव निकालिएको जानकारी दिएका छन्। घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ।

प्रारम्भिक विवरणअनुसार उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो। माछापुच्छ्रे टुर्स एण्ड ट्राभल्स को ग २ ख १४२१ नम्बरको बस ३४ जना यात्रुसहित काठमाडौँका लागि प्रस्थान गरेको बताइएको छ। पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईका अनुसार बस तनहुँ जामुनेका ओमकुमार श्रेष्ठको हो र उनी स्वयं पनि बसमा सवार रहेको बुझिएको छ।

बसका चालक सुजित नेपाली रहेको र उनको अवस्था हालसम्म अज्ञात रहेको जनाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित तीनवटै सुरक्षा निकायको समन्वयमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरीको कमाण्डमा तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको छ। मृतक तथा घाइतेहरूको सनाखत प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया