Nepal Life

प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुग्यो

NMB Bank
  • BFIS News
  • 2026 Mar 03 11:29
प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुग्यो
National Life

मकवानपुर, फागुन १९ गते । फागुन २१ गते (बिहीबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेको छ।

 

Shikhar
NIMB

१० वटा स्थानीय तह र दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नम्बर १ मा ६२ र क्षेत्र नम्बर २ मा १०५ गरी कुल १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र कायम गरिएको छ। प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुर र भीमफेदी कारागारमा अस्थायी मतदान केन्द्र तोकिएको छ।

निर्वाचनमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतसहितका सबै कर्मचारी मतदानस्थलमा पुगेर आवश्यक तयारीमा जुटिसकेका छन्। सोमबारदेखि नै सूचना टाँस्ने लगायतका प्रारम्भिक तयारी सुरु गरिएको र मङ्गलबार सर्वदलीय बैठक बसेर मतदानस्थल व्यवस्थापन तथा घेराबार निर्माणको कार्य अघि बढाइने बताइएको छ।

निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुनास्थित जालपादेवी माध्यमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत वसन्तराज गौतमले आवश्यक सूचना टाँस्ने तथा अन्य प्राविधिक तयारी पूरा गरिएको जानकारी दिनुभयो।

मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायतका आवश्यक सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन्। केही नगर आसपासका क्षेत्रमा मतपत्र मङ्गलबार पठाइएको जनाइएको छ।

जिल्लामा मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य रूपमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको छ। सबै केन्द्रमा सुरक्षा निकाय परिचालन भइसकेको र निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित तयारी गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। यस निर्वाचनमा दुई हजार २४४ कर्मचारी परिचालन गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया