स्थानीय बजारमा सुनको मूल्य वृद्धि, चाँदीको भाउ घट्यो
- BFIS News
- 2026 Mar 03 11:40
काठमाडौँ, फागुन १९ गते । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। सोमबारको तुलनामा सुन प्रतितोला रु दुई हजार ५०० ले बढेको छ भने चाँदी प्रतितोला रु २०५ ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख २८ हजार ६०० कायम भएको छ। त्यस्तै, एक तोला चाँदीको मूल्य रु पाँच हजार ८१५ निर्धारण गरिएको छ। सोमबार सुन प्रतितोला रु तीन लाख २६ हजार १०० र चाँदी प्रतितोला रु छ हजार २० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने त्यति नै परिमाणको चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया