Nepal Life

ताप्लेजुङका १२३ मतदान केन्द्रका मतपेटिका सङ्कलन, चार केन्द्रको आउन बाँकी 

NMB Bank
  • BFIS News
  • 2026 Mar 06 13:10
ताप्लेजुङका १२३ मतदान केन्द्रका मतपेटिका सङ्कलन, चार केन्द्रको आउन बाँकी 
National Life

फुङलिङ, फागुन २२ गते । ताप्लेजुङमा १२७ मतदान केन्द्रमध्ये १२३ वटा केन्द्रका मतपेटिका सङ्कलन भइसकेको छ।

 

Shikhar
NIMB

मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठका अनुसार शुक्रबार बिहान करिब ३ बजेसम्म चार केन्द्र बाहेक सबै स्थानका मतपेटिका सदरमुकाम आइपुगेका हुन्। जिल्लाका उच्च हिमाली बस्तीका चार स्थानका मतपेटिका सङ्कलन हुन बाँकी रहेको उहाँले बताउनुभयो।

फक्ताङलुङ गाउँपालिका–६ स्थित घुन्सा आधारभूत विद्यालय र ग्याब्ला प्रावि तथा वडा नम्बर ७ को ओलाङचुङगोला र जिल्लाकै सबैभन्दा उच्च हिमाली बस्ती याङमा आधारभूत विद्यालयका मतपेटिका सङ्कलन हुन बाँकी छन्। ती स्थान यातायातको पहुँचभन्दा टाढा रहेकाले मतपेटिका सङ्कलनमा ढिलाइ भएको हो।

चार स्थानका मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर बिहीबार नै ताप्लेजुङ आइपुगेको थियो। साँझ पाँच बजेपछि हेलिकोप्टर प्रस्थान गर्ने तयारी भए पनि अकस्मात मौसम परिवर्तनका कारण सम्भव नभएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो।

उहाँका अनुसार अहिले बिहान हेलिकोप्टर मतपेटिका ढुवानीका लागि प्रस्थान गर्ने तयारी भइरहेको छ। ती चार स्थानका मतपेटिका हेलिकोप्टरबाट ल्याउन नसकिए बोकेर ल्याउन करिब दुई दिन लाग्ने बताइएको छ।

सबै मतदान केन्द्रका मतपेटिका सङ्कलन भइसकेपछि मात्र सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया