काठमाडौँमा प्रतिनिधिसभा निर्वाचन : करिब ६०–६५ प्रतिशत मत खस्यो
- BFIS News
- 2026 Mar 05 17:51
काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा करिब ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।
काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार अपराह्न ५ बजेभित्र सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । उहाँले हालसम्मको प्रारम्भिक विवरणका आधारमा काठमाडौँमा करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिनुभयो ।
खसेको मतको यकिन विवरण आउन भने केही समय लाग्ने उहाँको भनाइ छ । मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टाभित्र सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरिने र त्यसपछि मतगणना प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)








.jpg)








प्रतिक्रिया