मोरङ–६ बाट रास्वपाकी रुविना आचार्य निर्वाचित
- BFIS News
- 2026 Mar 07 09:01
मोरङ, फागुन २३ गते । मोरङ निर्वाचन क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुविना आचार्य निर्वाचित हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ६ ले शनिबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा (एमाले)का विनोदप्रसाद ढकालले आठ हजार ३१७, श्रम संस्कृति पार्टीका मातृका पौडेलले तीन हजार ४०० र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन निरौलाले दुई हजार ९० मत प्राप्त गर्नुभएको छ ।
सो निर्वाचन क्षेत्रमा कूल एक लाख ३७ हजार ८३२ मतदाता रहेकामा ९१ हजार २९२ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहनुभएको थियो ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया