टी–२० विश्वकपको फाइनलमा आज भारत र न्युजिल्यान्ड भिड्दै
- BFIS News
- 2026 Mar 08 12:13
काठमाडौँ, फागुन २४ गते । आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनल खेलमा आज (आइतबार) साविक विजेता भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।
अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा साँझ ७ः१५ बजे सुरु हुने खेलमा भारत घरेलु मैदानमा उपाधि रक्षा गर्ने लक्ष्यमा छ। भारत तीन पटक टी–२० विश्वकप जित्ने तथा आयोजक राष्ट्रकै रूपमा च्याम्पियन बन्ने दाउमा रहेको छ।
यता दोस्रो पटक फाइनल पुगेको न्युजिल्यान्ड पनि भारतलाई रोक्दै पहिलो पटक उपाधि जित्ने प्रयासमा छ। न्युजिल्यान्ड यसअघि सन् २०२१ को फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो।
सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई सात रनले पराजित गरेको थियो भने न्युजिल्यान्डले दक्षिण अफ्रिकाको अपराजित यात्रामा पूर्णविराम लगाएको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया