नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो, प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार
- BFIS News
- 2026 Mar 09 11:40
काठमाडौं । फागुन २५ गते सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ३ हजार ७०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले कमी आएको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबारको बजारमा सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने चाँदी प्रतितोला ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण पछिल्ला दिनहरूमा सुन तथा चाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया