काठमाडौं-१ मा थालियो मतगणना
- BFIS News
- 2026 Mar 05 23:57
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा मतगणना थालिएको छ । बिहीबार राति १० बजेदेखि सुरु हुने भनिए पनि केहीबेर ढिलागरी मतगणना भएको हो ।
काठमाडौंकै बानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रमा मतगणना सुरु भएको हो । अहिले दुई स्थानबाट मतगणना थालिएको छ । केही समयपछि थप एक स्थानबाट गणना अघि बढाउने निर्वाचन कार्यालयले जनाएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र १ मा कांग्रेसका प्रबल थापा क्षेत्री, एमालेका मोहनराज रेग्मी, नेपाली कम्युनिष्ट पार्टीका मेनुका भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका रञ्जु न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र लगायत उम्मेदवार प्रतिस्पर्धामा छन् ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)








.jpg)








प्रतिक्रिया