फागुन २६ गते सुन र चाँदीको मूल्यमा वृद्धि, प्रतितोला ३ लाख १७ हजारमा कारोबार
- BFIS News
- 2026 Mar 10 11:43
काठमाडौँ । फागुन २६ गते मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य पनि प्रतितोला ३१० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला ३१० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२० रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।
हाल अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक मागका कारण सुन तथा चाँदीको मूल्यमा उतारचढाव देखिने गरेको व्यवसायीहरू बताउँछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया