Nepal Life

ऋण चुक्ता गर्ने ग्राहकलाई नेपाल बैंकको आकर्षक ब्याज छुटको अवसर

NMB Bank
  • BFIS News
  • 2026 Mar 19 16:41
ऋण चुक्ता गर्ने ग्राहकलाई नेपाल बैंकको आकर्षक ब्याज छुटको अवसर
National Life

काठमाडौं। नेपाल बैंक लिमिटेडले आफ्ना ऋणग्राही ग्राहकहरूलाई लक्षित गर्दै आकर्षक ब्याज सहुलियत योजना सार्वजनिक गरेको छ। बैंकले बक्यौता ऋणलाई नियमित वा चुक्ता गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ।

Shikhar
NIMB

यस योजना अन्तर्गत, चैत २०७९ भित्र वर्गीकृत भएका १ करोड रुपैयाँसम्मका गैर-कार्यसम्पादन (नन–परफर्मिङ) कर्जाका ग्राहकहरूले असार २०८३ भित्र आफ्नो ऋण चुक्ता गरेमा सर्तसहित ब्याज छुट पाउनेछन्। यसले लामो समयदेखि थन्किएका ऋण व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

त्यसैगरी, वैशाख २०८० पछि निष्क्रिय वा सक्रिय अवस्थामा रहेका ऋणका ग्राहकहरूले चैत २०८२ भित्र सावाँ तथा ब्याज पूर्ण रूपमा भुक्तानी गरेमा पनि ब्याजमा सहुलियत प्राप्त गर्न सक्नेछन्।

बैंकले आफ्ना सबै ऋणग्राहीहरूलाई नजिकको शाखा कार्यालयमा सम्पर्क गरी यस योजना अन्तर्गत उपलब्ध सुविधाको लाभ लिन आग्रह गरेको छ। यस योजनाले ग्राहकहरूलाई आर्थिक भार कम गर्न सहयोग पुर्‍याउनुका साथै बैंकको कर्जा व्यवस्थापनलाई समेत सुदृढ बनाउने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया