Nepal Life

सिटिजन्स बैंकको ९औँ इन्ट्रा–बैंक इन्डोर क्रिकेट: ८ टोलीका ८४ कर्मचारी सहभागी

NMB Bank
  • BFIS News
  • 2026 Mar 16 12:03
सिटिजन्स बैंकको ९औँ इन्ट्रा–बैंक इन्डोर क्रिकेट: ८ टोलीका ८४ कर्मचारी सहभागी
National Life

काठमाडौं । सिटिजन बैंक इन्टरनेशनलले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको ९औँ सिटिजन्स इन्ट्रा–बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न गरेको छ।

Shikhar
NIMB

फागुन २९ र ३० गते काठमाडौंमा आयोजित दुईदिने प्रतियोगितामा बैंकका विभिन्न विभाग तथा शाखाबाट प्रतिनिधित्व गर्ने ८ वटा टोलीका ८४ कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रतियोगिताले बैंकभित्र सहकार्य, टीम–स्पिरिट तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्य राखेको बैंकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता टोलीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत Ganeshraj Pokharel ले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले यस्ता आन्तरिक खेलकुद तथा सामाजिक गतिविधिहरूले संस्थागत संस्कृति मजबुत बनाउन, आपसी सहकार्य बढाउन तथा अनुशासन र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

Citizens Bank International Limited हालसालै “Bank of the Year 2024”“Bank of the Year 2025” उपाधिबाट सम्मानित भइसकेको बैंक हो। बैंकले डिजिटल बैंकिङ सेवामा नवीनता ल्याउँदै Citizens Fonepay Credit Card, Gen-Z Savings Account, Digi Bank Platform, Freelancer Services Account तथा मोबाइल एपमार्फत शेयर आवेदन सेवा जस्ता विभिन्न प्रविधिमैत्री सेवाहरू सञ्चालनमा ल्याएको छ।

हाल बैंकले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया