Nepal Life

इरानमा सेना नपठाउने ट्रम्पको संकेत, तनावबीच कूटनीतिक सन्देश

NMB Bank
  • BFIS News
  • 2026 Mar 20 12:48
इरानमा सेना नपठाउने ट्रम्पको संकेत, तनावबीच कूटनीतिक सन्देश
National Life

वाशिङ्टन ।  मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेना नपठाउने बताएका छन्।

Shikhar
NIMB

अमेरिका, इजरायल र इरानबीचको द्वन्द्व चर्किरहेका बेला आएको यो अभिव्यक्तिलाई कूटनीतिक संकेतका रूपमा हेरिएको छ।

ह्वाइट हाउसमा जापानकी प्रधानमन्त्री सानाए ताकाइचीसँग भएको भेटका क्रममा ट्रम्पले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध व्यापक आक्रमण सुरु गरेका थिए। उक्त सैन्य गतिविधिले अन्तर्राष्ट्रिय ढुवानी प्रणालीमा अवरोध सिर्जना गर्नुका साथै कच्चा तेलको मूल्यमा वृद्धि ल्याएको छ, जसले विश्व अर्थतन्त्रमा समेत प्रभाव पारेको बताइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया