Nepal Life

सुनको मूल्य तीन लाखमुनि झर्‍यो, एकैदिन तोलामा ७,८०० रुपैयाँले गिरावट

NMB Bank
  • BFIS News
  • 2026 Mar 20 12:52
सुनको मूल्य तीन लाखमुनि झर्‍यो, एकैदिन तोलामा ७,८०० रुपैयाँले गिरावट
National Life

काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। लगातार केही दिनदेखि ओरालो लागेको सुनको भाउ यस दिन तीन लाख रुपैयाँभन्दा तल झरेको हो।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार भने यही सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो, जसअनुसार एकैदिन ७ हजार ८०० रुपैयाँले मूल्य घटेको हो। सुनको भाउ पछिल्ला तीन दिनदेखि निरन्तर घट्दो क्रममा रहेको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि बिहीबार यसको मूल्य ५ हजार १० रुपैयाँ रहेको थियो। यसरी चाँदीमा तोलामा ११५ रुपैयाँले गिरावट आएको देखिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया