नेप्सेमा तीन कम्पनीका बोनस शेयर सूचीकृत: लक्ष्मी सनराइज, जीवन विकास र डिप्रोक्सको कित्ता थपियो
- BFIS News
- 2026 Mar 21 07:17
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन वटा वित्तीय संस्थाका बोनस शेयर सूचीकृत भएका छन्। सूचीकृत हुनेमा जीवन विकास लघुवित्त वित्तीय संस्था, लक्ष्मी सनराइज बैंक र डिप्रोस्क लघुवित्त वित्तीय संस्था रहेका छन्।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) का २१ लाख ५० हजार ६४०.१६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएका छन्। कम्पनीले पुस २९ गते सम्पन्न सातौं वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८१/८२ का लागि ४२.१०५ प्रतिशत लाभांश पारित गरेको थियो। सो अनुसार २१ करोड ५० लाख रुपैयाँ बराबरको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश (करिब १ करोड १३ लाख रुपैयाँ) वितरण गर्ने निर्णय गरिएको थियो। हाल कम्पनीको अन्तिम कारोबार मूल्य (LTP) १,३७१ रुपैयाँ ५० पैसा रहेको छ।
त्यसैगरी, लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) का २ करोड ४३ लाख ४६ हजार ५१२.२३ कित्ता बोनस शेयर पनि नेप्सेमा सूचीकृत भएका छन्। बैंकले पुस १४ गते सम्पन्न २५औं वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८१/८२ का लागि १०.५३ प्रतिशत लाभांश पारित गरेको थियो। जसअनुसार १० प्रतिशत बोनस शेयर (२४,३४६,५७२.२३ कित्ता) र ०.५३ प्रतिशत नगद लाभांश (करसहित करिब १२ करोड ८१ लाख रुपैयाँ) वितरण गर्ने निर्णय गरिएको थियो। हाल बैंकको LTP २३१ रुपैयाँ रहेको छ।
यसैगरी, डिप्रोस्क लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) का १८ लाख ६८ हजार २८५.६९६१ कित्ता बोनस शेयर पनि नेप्सेमा सूचीकृत भएका छन्। कम्पनीले पुस २८ गते सम्पन्न २४औं वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८१/८२ का लागि १५ प्रतिशत लाभांश पारित गरेको थियो। जसअनुसार १८ करोड ६८ लाख रुपैयाँभन्दा बढीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित करिब ९ करोड ३४ लाख रुपैयाँ) वितरण गर्ने निर्णय गरिएको थियो। हाल कम्पनीको LTP ८८५ रुपैयाँ रहेको छ।
तीनै कम्पनीका बोनस शेयर सूचीकृत भएसँगै लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्ने भएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)















प्रतिक्रिया