Nepal Life

एपोलो हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुल्दै

NMB Bank
  • BFIS News
  • 2026 Mar 31 11:30
एपोलो हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुल्दै
National Life

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि चैत २६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ।

Shikhar
NIMB

कम्पनीले आफ्नो जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँको आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये ४ लाख ७० हजार कित्ता शेयर प्रभावित क्षेत्रका बासिन्दालाई र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिसकिएको छ। साथै, सामूहिक लगानी कोषका लागि ३७ हजार कित्ता र कर्मचारीका लागि १८ हजार ८०० कित्ता शेयर पनि छुट्याइसकिएको कम्पनीले जनाएको छ।

अब दोस्रो चरणमा कम्पनीले बाँकी रहेको ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा चैत ३० गते बन्द हुनेछ भने आवश्यक परेमा बैशाख १० गतेसम्म आवेदन अवधि लम्बिन सक्नेछ।

कम्पनीको वित्तीय अवस्थाको मूल्याङ्कन गर्दै केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

एपोलो हाइड्रोपावरले सञ्चालन गरिरहेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजनाको अनुमानित कुल लागत १ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब २२ करोड ८६ लाख रुपैयाँ रहेको आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष र छुट दरमा १६.४३ वर्ष रहेको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी-आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया