Nepal Life

भेगीगांगामा अपांगता भएका व्यक्तिहरूलाई एनएमबि बैंकको सहयोगमा सहायता सामाग्री वितरण

NMB Bank
  • BFIS News
  • 2026 Mar 26 12:54
भेगीगांगामा अपांगता भएका व्यक्तिहरूलाई एनएमबि बैंकको सहयोगमा सहायता सामाग्री वितरण
National Life

काठमाडौं। एनएमबि बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ ।

Shikhar
NIMB

सामाजिक विकास मन्त्रालय को आयोजना तथा करुणा फाउन्डेसन र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा सञ्चालन गरिएको “अपाङ्गता रूपान्तरण तथा पुनस्र्थापना साझेदारी कार्यक्रम” अन्तर्गत ह्वीलचेयर, एल्बो क्रचेस र अन्य सामग्रीहरु वितरण गरिएको हो ।

कार्यक्रम भेरिगङ्गा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षता तथा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगर उपप्रमुख अनसरा बोहरा, एनएमबि बैंकका लुम्बिनी प्रदेशका एरिया म्यानेजर रमेश रेग्मी, सुर्खेत शाखाका शाखा प्रबन्धक सुमन सुबेदी लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमका लागि एनएमबिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु ५ लाख सहयोग प्रदान गरेको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार