Nepal Life

सुनचाँदीको मूल्यमा फेरि वृद्धि, सुन तोलामा रु ६,७०० ले बढ्यो

NMB Bank
  • BFIS News
  • 2026 Mar 31 12:45
सुनचाँदीको मूल्यमा फेरि वृद्धि, सुन तोलामा रु ६,७०० ले बढ्यो
National Life

काठमाडौँ, चैत १७ — स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि देखिएको छ। आज सुन तोलामा रु ६,७०० र चाँदी रु १४५ ले बढेको छ।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ९० हजार २०० कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४ हजार ८४५ पुगेको छ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार ५०० र चाँदी रु ४ हजार ७०० मा कारोबार भएको थियो। आइतबार सुन प्रतितोला रु २ लाख ८६ हजार र चाँदी रु ४ हजार ७२० कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुन प्रतिऔँस ४ हजार ५६० अमेरिकी डलर र चाँदी प्रतिऔँस ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया